images
images

समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री थापा

images

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले ध्यानले व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पु¥याउने बताए ।

“ध्यान, योग र मानसिक स्वास्थ्यले हाम्रो जीवनमा पु¥याउने योगदान आज मात्र होइन मानव सभ्यताकै इतिहासदेखि नै महत्वपूर्ण रहँदै आएको छ । ध्यान केवल व्यक्तिगत शारीरिक वा मानसिक स्वास्थ्यको माध्यम मात्र नभई शान्ति, स्थिरता र सकारात्मक सामाजिक परिवर्तनका लागि पनि मार्गदर्शन हो । ध्यानले मानिसलाई आफ्ना सोच, विचार र व्यवहारमा अनुशासन ल्याई सशक्त र सकारात्मक जीवन जिउन प्रेरित गर्दछ।”, उनले भने ।

मन्त्री थापाले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र समृद्ध परम्पराले भरिपूर्ण भएकाले ध्यान र योग जस्ता विधालाई अझै बढी प्रोत्साहन दिन आवश्यक रहेको उल्लेख गरे । प्रदेशलाई ध्यान र मानसिक स्वास्थ्यको गन्तव्यका रूपमा विकास गर्न सरकार गम्भिर रहेको उनले बताए ।
युवापुस्तालाई मानसिक र शारीरिक रूपमा सबल बनाउन मन्त्रालय निरन्तर सक्रिय रहेको उनले उल्लेख गरे । ध्यानको अभ्यासलाई आफ्नो दैनिकीमा समावेश गर्दै मानसिक र शारीरिक सन्तुलनको बाटोमा लाग्न सबैलाई मन्त्री थापाले आग्रह गरेका छनु् ।

जीवन विज्ञान प्रतिष्ठान, पतञ्जलीयोग समिति नेपाल, ओशो उपवन आध्यात्मिक ग्राम, समर्पण ध्यान योग नेपाल, पातञ्जल योग समिति नेपाल, द आर्ट अफ लिभिङ पोखरा नेपाल, मनोक्रान्ति अभियान तथा विकासानन्द फाउण्डेसन विश्व परिवार संघ, बह्रमकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालको सहआयोजनामा सम्पन्न भएको विश्व ध्यान दिवसको कार्यक्रम मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले गरेका थिए ।


डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS