images
images
images

चन्द्रगिरी नगरपालिकामा चित्रकला प्रतियोगिता

images

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाले चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौँको चन्द्रगिरी स्थित शहिद स्मारक प्रतिष्ठान पार्क (त्रिभुवन पार्क) मा ‘मलाई मनपर्ने पार्क’ भन्ने शीर्षकमा विद्यार्थीहरूबाट चित्रकला प्रतियोगिता सम्पन्न गरिएको हो ।

‘थ्रि डी आर्ट म्युजियम’ले सहीद स्मारक प्रतिष्ठान पार्कमा सो कार्यक्रमको संयोजन गरेको थियो । यस कार्यक्रममा चन्द्रागिरी नगरपालिकाभित्रका सामूदायिक तथा संस्थागत का ४० स्कुलका ४० जना विद्यार्थी सहभागी थिए । प्रतियोगिता कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरू बीच गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रतिनिधिहरू तथा सरकारी प्रतिनिधिहरूको समेत उपस्थिति रहेको नगरपालिकाका शिक्षा विभाग प्रमुख सुजन राज खनालले बताए । शिक्षा तथा खेलकुद विभाग अन्तर्गत नै यो कार्यक्रम भएको हो।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता कृष्ण खड्की प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता सामाजिक विषय समितिका संयोजक घनश्यान लुँइटेलले गरेका थिए ।

साथै कार्यक्रममा शिक्षा विभाग प्रमुख सुजनराज खनालले स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी दिएका थिए। । प्रतियोगीहरूलाई कार्यक्रममा नगदसहित ट्रफी मेडल र प्रमाणपत्र दिइएको थियो।

कार्यक्रम पश्चात् थ्री ८ म्युजियमले प्रतियोगी विद्यार्थीहरू तथा कार्यक्रममा उपस्थित शिक्षकहरुलाई थ्री डी आर्ट म्युजियमको निःशुल्क अवलोकन गराएका थिए। जसको संयोजन म्युजियमका सञ्चालक शिवराम गिरीले गरेका थिए ।

नगरपालिकाले विद्यार्थीहरूका लागि विभिन्न प्रतियोगिताहरू गराउँदै आइरहेको छ। सोही अन्तर्गत सो कार्यक्रम गरिएको विभाग प्रमुख खनाल बताउँछन्।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS