images
images

एक सय दिनमा ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार

images

काठमाडौं-  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नवलकिशोर सुडीले सय दिनमा गरिएका कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिए।

मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गर्नुभयो। उहाँले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताए।

यस्तै, मन्त्रालयले सय दिनभित्र कार्यसम्पादन गरेका उपलब्धिमध्ये प्राकृतिक प्रकोपको विपतमा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिलाई मानसिक र शारीरिक राहत प्रदान रहेको मन्त्री सुडीले जानकारी दिए। उनले विपत्पीडित एक हजार एक सय ६५ जनालाई पहिलो चरणको मनोसामाजिक परामर्श सेवा प्रदान गरिनाका साथै, बालबालिका, महिला र अशक्तलाई आवश्यक राहत सामग्री प्रदान गरेको बताए। स्वास्थ्यखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS