images
images

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐनको मस्यौदामाथि छलफल

images

काठमाडौँ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा मस्यौदामाथि बिहीबार छलफल भएको हो ।

छलफलमा मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव र निर्देशकहरू सहभागी थिए ।

ऐनको मस्यौदाका विविध पक्षमा आ–आफ्नो सुझाव राखेका थिए । उक्त छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, संघीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तर मन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सुझाव तथा विचार राखेका थिए ।

मन्त्री विद्या भट्टराईले छलफलबाट प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदामा सरोकारावालासँग समेत छलफल गर्ने र परिपक्व ऐनको मस्यौदा तयार गरिने बताइन् । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS