images
images

चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै केएमसीका विद्यार्थीहरू आन्दोलित

images

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरूले बिहीबार आन्दोलन गरेका छन् । चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरू लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले ब्यानरसहित आन्दोलन गरेका हुन् ।

आन्दोलनमा उनीहरूले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए । विद्यार्थीहरूले आन्दोलनमा ईन्टर्नरसिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको ब्यानर देखाएर आन्दोलन गरेका हुन् ।

आन्दोलनमा विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढी पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS