images
images

निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थप

images

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फारम भर्ने म्याद थप गरेको छ। आज राति ११ बजेर ५९ मिनेटसम्म रहेकोमा अब कार्तिक २ गतेसम्म भर्न सकिनेछ।

आयोगले भदौ ३१ गते सूचना जारी गरेर गर्दै आवेदन फाराम भर्न आह्वान गरेको थियो। अनलाइन पोर्टलमा दरखास्त फाराम भर्ने परीक्षार्थीहरूको अत्यधिक चाप रहेकाले म्याद थप गरिएको आयोगका उपसचिव कृष्णप्रसाद ढुङ्गानाले बताए ।

सिङ्गल दस्तुरमा कार्तिक २ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन मार्फत भर्न सकिनेछ। भने दरखास्त दस्तुर कार्तिक ४ गतेसम्म तिर्न सकिने आयोगले जनाएको छ।

दोब्बर दस्तुरमा भने कार्तिक ३ गतेदेखि ६ गते राती ११ बजेर ५९ मिनेटसम्म कायम गरिएको छ। दोब्बर दस्तुरको राजस्व तिर्ने समयावधि कार्तिक ७ गते कार्यालय समयसम्म कायम गरिएको आयोगले जनाएको छ। रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS