images
images

श्रमिकलाई पुनर्बहालीको मागसहित वीर अस्पतालमा प्रदर्शन

images

काठमाडौँ । ९ जना श्रमिकहरूलाई पुनर्बहाली गर्नुपर्ने मागसहित नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन केन्द्रीय कमिटी र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनले वीर अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । श्रमिक आपूर्तिकर्ता इन्फोटेक सर्भिस प्रा. लिले मुख्य रोजगारदाता वीर अस्पतालको निर्देशनमा ९ जना श्रमिकहरूलाई हाजिर लगाउन नसकिने जानकारी गराएसँगै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

श्रम ऐन, २०७४ को दफा १४७ मा ५८ वर्षसम्म काम गर्न पाउने व्यवस्था विपरीत उनीहरूलाई हटाइएको श्रमिकहरूको आरोप छ । ‘विगतमा पनि १० जना श्रमिकहरूलाई ४५ वर्षे उमेरहद लगाई यसै गरी कामबाट निकाल्दा मुद्दा र आन्दोलनको बलमा पुनर्बहाली गराएका थियौँ,’ संगठनको भनाई छ ।

‘नेपालको संविधान २०७२ को भाग ३ को ३३ मा रोजगारीको हक र ३४ मा श्रमको हक मौलिक हकको रूपमा रहेको छ। यसै गरी मौलिक हकमा स्वतन्त्रताको हक, समानताको हक, सूचनाको हक, शोषण विरुद्धको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक समेत संविधानमा छ। यी मौलिक हक समेत कुण्ठित भएका छन् । कानुनी र सामाजिक न्यायको लागि आन्दोलन र मुद्दा दुवै प्रक्रिया सँगसँगै अगाडी बढाउनु पर्ने अवस्था सिर्जना भएको छ,’ संगठनको भनाई छ ।

कानुन विपरीत हाजिर गर्न वञ्चित श्रमिकहरूमा बसुन्धारा रम्तेल, सङ्गीता श्रेष्ठ, जुनकेरी श्रेष्ठ, दिल बहादुर परियार, इन्द्र राना, मुना बजगाईँ, शान्ता नेपाल, चौबहादुर गुरुङ र हिरा नेपाली रहेका छन् । रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS