images
images
images

थुनेलो रोग रोकथामका लागि परिक्षण शिविर

images

भानु

भानु नगरपालिका, पशुपंछी तथा मत्स्य विकास शाखाले ब्यवसायिक पशुहरूको थुनेलो रोग रोकथामका लागि थुनेलो परिक्षण गरी किसानलाई औषधी सहितका उपचार सामाग्री निःशुल्क वितरण गरेको छ ।

भानु नगरपालिका, पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा भानु -८ बगालेफाँटमा रहेको प्रगती दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरुलाई थुनेलो परिक्षण गरी संक्रमण देखिएका पशुहरुलाई उपचारका लागी बेटाडिन, मास्ट मलम, गिलसिरिन र गाईभैसीको थुन उपचारमा सहयोग सामग्री, मिनिरल भिटामिन बितरण गरेको हो ।

आज भएको थुनेलो शिविरमा ५६ जना कृषकहरूको ९६ बटा गाई भैसीको दुधको नमुना संकलन गरी नमुना परिक्षण गरिएको छ । जसमा ५६ गाई र ४० भैसीको दुधको नमुना परिक्षण गर्दा १३ जना कृषकहरुको २३ वटा गाई र १२ वटा भैसी गरी ३५ वटा पशुको दुधमा थुनेलो संक्रमण देखिएको पशु सेवा प्राबिधिक अमित ढुंगानाले बताउनु भयो ।

थुनेलो देखिएको पशुहरुलाई औषधी सहितको सामाग्री वितरण अघि उपचार तथा कप प्रयोग विधि सहित थुनेलो रोगका लक्ष्यण, यसका असर सहित रोग लाग्न नदिन उपायका विषयमा प्रशिक्षण पनि गरिएको थियो ।

भानु(८ र ९ का पशुपालन फार्म संचालक किसानहरुलाई भानु नगरपालिका, पशुपंछी तथा मत्स्य विकास शाखाका शाखा प्रमुख डा शुशिल ऐरी, पशु सेवा प्राबिधिक महेन्द्र अधिकारीले सहजीकरण र उपचार सामाग्री वितरण गरेका थिए ।

पछिल्लो समय विशेषगरी गाईमा र भैसीमा यो रोगको प्रकोप बढिरहेको पाईएको छ । रोगका कारण दुध उत्पदनमा कमि हुने र पशुको स्वास्थ्यमा समेत गम्भीर असर पर्दा किसानको लगानी ढुब्ने गरेको छ ।

दुहुनो गाई भैसिको सरसफाईमा किसानको लापरवाही सँगै अज्ञानताका कारण हुने संक्रमणबाट यो रोग लाग्ने गरेको छ । लामो समय लगाएर उपचारमा मोटो रकम खचिनु पर्ने भएकाले रोग लाग्नै नदिन सरकारले सहयोग गरेको थियो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष खडानन्द ढकाल, संचालक सन्तोष बजगाई, प्राविधिक अनिता बिक, श्रवण कोइराला, सन्दिप ढकाल लगायतको समेत सहभागिता थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS