images
images

शिक्षा पत्रकार समूहले रजत वर्षमा राष्ट्रिय शिक्षा सम्मेलन गर्ने

images

काठमाडौँ । शिक्षा पत्रकार समूहले स्थापना रजत वर्षको उपलक्ष्यमा आउँदो फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । सम्मेलनमा शिक्षा र पत्रकारिताका विविध मुद्दामा कार्यपत्र प्रस्तुत हुने, विविध शैक्षिक मुद्दामा बहस तथा छलफल हुनेछ ।

नयाँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो । स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा समूहले यो वर्षभरि विविध कार्यक्रम गर्दै आएको छ ।

निर्जला कक्षपतिको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिले सोमबारदेखि कार्यभार सम्हालेको छ । गत शनिबार सम्पन्न समूहको १२ औँ अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । नवनिर्वाचित कार्यसमितिले सोमबारदेखि पदभार ग्रहण गरेको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS