images
images

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्धको रिट खारेज

images

कर्णाली । उच्च अदालत सुर्खेतद्वारा मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनविरुद्ध अदालतमा दायर गरिएको रिट खारेज भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी संकाय बिएस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी कृष्णप्रसाद अधिकारी, भरत बुढाक्षेत्री, सन्तोष चौधरी र रञ्जित विकले मतदाता नामावलीमा नाम छुटाएको भन्दै गत भदौ २७ गते विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा निर्वाचनका सबै प्रक्रिया रद्द गर्न अन्तरिम आदेशको माग गरिएको थियो ।

दायर भएको रिटउपर सुनवाइ गर्दै उच्च अदालतले आजका लागि दुवै पक्षलाई छलफलमा सहभागी हुन आदेश दिएको थियो । आइतबार भएको छलफलपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय लोहितचन्द्र शाह र माधव धितालको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार सार्वजनिक भएको अन्तिम नामावलीउपर तोकिएको समयभित्र दाबी विरोधको निवेदन पेस नगरेको पाइएको भन्दै उच्चले रिट खारेज गरेको हो । गत भदौ २८ गते उक्त विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)  निर्वाचन हुने तालिका सार्वजनिक भएको थियो ।

स्ववियु निर्वाचन निर्देशिका, २०८१ बमोजिम गत असार ३० गते प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम नसमेटिएको भन्दै त्यहाँ अध्ययनरत मतदाता विद्यार्थीले चुनावको अघिल्लो दिन भदौ २७ उच्च अदालत सुर्खेतमा रिट परेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS