images
images

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा अदालतको आदेश

images

कर्णाली-उच्च अदालत सुर्खेत, जुम्ला इजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा आदेश जारी गरेको छ।

प्रतिष्ठानको शिक्षण अस्पतालमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीले विगत ११ वर्षदेखि स्तरोन्नती नभएको र नियमावली बमोजिमको तलब, भत्ता नपाएको भन्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरेका थिए। उक्त रिटमाथि बुधबार भएको छलफलपछि न्यायाधीशद्वय गोर्कण डाँगी र कैलाश गुरुङको संयुक्त इजलासले प्रतिष्ठानका ५८ जना शिक्षक कर्मचारीलाई नियम अनुसार बढुवा गराउनु भनी आदेश जारी गरेको हो।

अदालतको आदेशसँगै आफूहरुले न्याए पाएको भन्दै शिक्षक तथा कर्मचारीहरुले खुसी व्यक्त गरेका छन्। उनीहरुले २०८० पुस ११ गते माथिल्लो तहमा स्तरोन्नती नभएको र नियमावली बमोजिम तलव नपाएको भन्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा परमादेशको माग गर्दै रिट दायर गरेका थिए।

प्रतिष्ठानका पदाधिकारीहरुसँग विभिन्न समयमा वढुवा तथा तलबको सन्दर्भमा आन्दोलित भई मिति २०८० भाद्र २१ गते कार्यान्वयन गर्ने विषयमा पदाधिकारी र आन्दोलनरत कर्मचारीहरुबीच दुई पक्षिय सम्झौता समेत भएको थियो। सो सम्झौता कार्यान्वयनमा समेत लामो समयसम्म नभएपछि कर्मचारीहरु आफूहरु माथि अन्याय भएको भन्दै न्यायलय पुगेका थिए।

यस अघि पनि स्तरोन्नतीको माग गर्दै रामाकान्त उपाध्याय समेतका १० जना कर्मचारीहरुले अदालतमा रिट दिएका थिए। २०७९ जेष्ठ ३० गतेको आदेश बमोजिम उनीहरु बढुवा भई कार्यरत रहेका छन्। स्वास्थ्यखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS