दमौली
व्यास नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकमा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
बैठकले व्यासनगर सभामा पारित योजनाहरूलाई प्राथमिकतामा राखी सम्झौता प्रक्रिया अघि बढाउन र विपतजन्य कार्य एवं अत्यावश्यक कार्यलाई मात्र बजेट सीमाभित्र रही बजेट विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले व्यासनगर शिक्षा शाखाबाट सामुदायिक विद्यालयहरूले हाल लिइरहेको शुल्क विवरण, विद्यार्र्थी संख्या, दरबन्दी संख्या सम्बन्धी प्रतिवेदन उपर छलफल गरी यसै शैक्षिक वर्षमा सबै सामुदायिक विद्यालयहरूलाई कक्षा ८ सम्म ९आधारभूत तह० मासिक शुल्क नलिन निर्देशन दिने र मा।वि। तह सम्म निशुल्क शिक्षा प्रदान गर्न आगामी नगरसभाबाट विद्यालयको आवश्यक खर्च व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाका गरिब परिवार पहिचान सम्बन्धी निर्देशिका २०८० अनुसार ०८१ मंसिर मसान्तसम्म नगरपालिकाका सबै वडाका विपन्न गरिब परिवारको तथ्याङ्क सङ्कलन गर्ने व्यवस्था मिलाउन कार्यालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । बैठकले व्यास नगरपालिका विपन्न सुरक्षित आवास सहयोग कार्यविधि २०८१ को आधारमा ब्यास नगरपालिका भित्रका खरको छाना भएका वा जीर्ण अवस्था का विपन्न घरपरिवारलाई १५ दिनभित्र सम्बन्धित वडामा निवेदन दिन सूचना दिने निर्णय गरेको छ ।
व्यासनगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ को दफा ८९२० अनुसार व्यास नगर प्रज्ञापरिषद्मा काशीनाथ न्यौपाने व्यास–४ अध्यक्ष, हरिसिंह गुरुङ व्यास–१, देवी बहादुर बस्नेत ब्यास–२ र नारायणी अधिकारी व्यास–४ लाई सदस्यमा मनोनयन गरी सदस्य सचिवमा नगर शिक्षा शाखा प्रमुख केदार आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । व्यास नगरपालिकाका वडा नम्बर १ देखि ५ सम्मका वडाका सरसफाई सेवा लिने व्यवसायी, घरधनी, घरभडामा बस्नेहरूलाई सरसफाई कार्ड वितरण गर्न सरसफाई शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले व्यास नगरपालिका वडा नम्बर ३ देउराली नगरस्थित शिव पञ्चायन मा।वि।।को अध्यक्षमा सिफारिस हुने व्यक्तिहरूको योग्यता सङ्घीय ऐन र व्यास नगरपालिका शिक्षा ऐन मिल्दो नदेखिएकाले पुन योग्य उम्मेदवार सिफारिस गर्नेगरी समितिका सदस्य मनोनयन, अभिभावक भेलाबाट संशोधन गरी पेश गर्न सम्बन्धित वडाध्यक्षलाई निर्देशन दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैह्रले बताए ।
















