images
images
images

कृषि क्याम्पस रामपुरमा अनेरास्ववियुका कार्यकर्ताबाट नेविसंघका कार्यकर्ता कुटिए

images

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय क्याम्पस रामपुर चितवनमा अनेरास्ववियुका कार्यकर्ताबाट नेविसंघका कार्यकर्ता कुटिएका छन् ।

क्याम्पसको छात्रवासभित्र बसेको बेलामा नेविसंघ रामपुर इकाई समितिका निवर्तमान अध्यक्ष सुभम सिंह ठकुरी, निवर्तमान उपाध्यक्षद्वय अभिषेक ओली र शुसील क्षेत्री, वर्तमान सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, विद्यार्थी नेता नरेश बस्नेत, जेनिश लामा लगायत विद्यार्थी नेता तथा कार्यकर्तामाथि कुटपिट भएको हो ।

उनीहरूलाई ज्यान मार्ने नियतले अनेरास्ववियुका कार्यकर्ताहरूले कुटेको नेविसंघले जनाएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुमा आबद्ध सक्षम काफ्ले, महेश खड्का, विनोद भण्डारी, चिरन खनाल लगायतले फलामे रड, धारिलो हतियारहरू, दाउराको चिरपट, इट्टा तथा ढुङ्गा प्रयोग गरी सुनियोजित रूपमा मरणासन्न हुनेगरी गम्भीर घाइते बनाएको बताए ।

शैक्षिक स्थलहरूमा हुने यस्ता किसिमका अराजक तथा हिंसात्मक क्रियाकलाप आफैमा दुर्भाग्यपूर्ण हुने नेविसंघले जनाएको छ ।

विद्यार्थीका समस्याका बारेमा क्याम्पस हाताभित्र छलफल गरिरहेका बेला आक्रमण गरिएको भन्दै नेविसंघले घटनाको निन्दा गरेको छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडाभन्दा कडा कारबाही गरी पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति गर्न गराउन सरकारसँग माग गरेको छ । रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS