images
images

गत वर्ष उधारोमा प्रदान गरेको विद्याभूषणका लागि आवेदन आह्वान

images

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पदकका लागि आवेदन आह्वान गरेको छ । गत वर्ष नै उधारोमा पदक प्रदान गरेको मन्त्रालयले यो वर्षका लागि समेत आवेदन आह्वान गरेको हो ।

मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको हो ।

तोकिएको विभिन्न सर्तहरू पुरा गरेको व्यक्तिले आगामी भदौ १६ गते भित्र मन्त्रालयको वेबसाइट www.moest.gov.np वा मन्त्रालयको कोठा नम्बर ४०३ मा आवेदन दिन मन्त्रालयले जनाएको छ ।

‘नेपाल विद्याभूषण’ ‘क’, ‘ख’ र ‘ग’ प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन प्रतिष्ठान तथा विदेशी विश्वविद्यालयबाट योग्यता हासिल गरेका नेपाली नागरिकहरू र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी तोकिए अनुसारको योग्यता हासिल गरेका विदेशी नागरिकहरूबाट आवेदन माग गरिएको छ ।

त्यस्तै नेपाल छात्रा विद्यापदक ‘क’ र ‘ख’ का लागि नेपाल भित्रका विश्वविद्यालयको स्नातक तहमा नियमित विद्यार्थीको रूपमा अध्ययन गरी उक्त संकाय वा अध्ययन संस्थान वा स्कुलमा अन्तिम परीक्षामा सबैभन्दा बढी अंक वा ग्रेड प्राप्त गर्ने छात्राले आवेदन दिन सकिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै नेपाल प्रविधि विद्याभूषण सम्बन्धमा नेपाल प्रविधि विद्याभूषण सम्बन्धी कार्यका लागि विश्वविद्यालय अनुदान आयोगको सूचना बमोजिम हुनुपर्ने छ ।

शिक्षा मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गरेको थियो । तर, उनीहरूले हालसम्म पनि ती सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छैन ।

मन्त्रालयले स्नातक तहका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ग, स्नातकोत्तरका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ‘ख’ र विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट विभूषित गर्दै आएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS