images
images
images

पुस्तकालय दिवस मनाउन मूल आयोजक समिति गठन

images

काठमाडौँ । यस वर्षको पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

आज मन्त्रालयमा सरोकारवाला संस्था एवं व्यक्तिको उपस्थितिमा दिवस मनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिसमेत गठन गरिएको १७ औँ पुस्तकालय दिवस आयोजक समिति, प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ आगामी भदौ १५ गते पुस्तकालय दिवस मनाउन लागिएको छ ।

विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका २०६५ सालदेखि पुस्तकालय दिवस मनाउन लागिएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS