images
images

युएईमा खुल्ला रचना वाचन तथा कृति लोकार्पण कार्यक्रम हुने

images

तनहुँ
राष्ट्रिय विभुति आदिकवि भानुभक्त आचार्ययको २११ औं जन्म जयन्तीको अवसरमा युएईमा खुल्ला रचना वाचन तथा कृति लोकार्पण कार्यक्रम हुने भएको छ ।

तनहुँ सेवा समाज युएईको आयोजनामा खुल्ला रचना वाचन तथा कृति लोकार्पण कार्यक्रम हुने भएको हो । युएईमा रहेको सिल्भर स्पोन रेष्टुरेन्ट बरदुवैमा १४ जुलाई आइतबारको दिन कार्यक्रम हुने तनहुँ सेवा समाज युएईका महासचिव सुरिन भुजेलले बताए ।

कार्यक्रमका अवसरमा साहित्य साधकहरु रोमा लम्सालको मुक्तक संग्रह ‘अन्तिम भेट’ र भोजराज घिमिरेको गजल संग्रह ‘नाद’को लोर्कापर्ण हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक टक बहादुर गुरुङ्गले बताए । कार्यक्रममा सहभागिताका लागि सबैलाई आमन्त्रण गरिएको संस्थाका अध्यक्ष सुदिप कार्कीले बताए ।

कार्यक्रममा सहभागि भएर भब्यताका साथ सम्पन्न गर्न कार्यक्रममा सहभागिता जनाएर सहयोग गर्न संस्थाका युवा संयोजक अम्मरराज पन्थीले आग्रह गरे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS