images
images

यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु ,१३ यात्रु घाइते

images

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार दिउँसो यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।

दमौलीबाट आँबुखैरेनी जाँदै गरेको ना ५ ख २९९९ नम्बरको यात्रु बस आफै अनियन्त्रिक भई कल्भटमा ठोकिएर पल्टिँदा चितवन जिल्लाको भरतपुर महानगरपालिका नखुलेको श्रृष्टीचोक बस्ने वर्ष २२ की सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए  । गम्भिर घाइते सापकोटाको चितवन नारायणी अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ५ः१० बजे मत्यु भएको प्रनाउ थापाले जानकारी दिए  ।

प्रनाउ थापाको अनुसार घाईते हुनेहरुमा कैलालीको जोशीपुर गाउँपालिका–२ बस्ने वर्ष २३ की लक्ष्मी बनादी, धनगढीको बसबरीया गाउँपालिका–५ बस्ने वर्ष २२ की अन्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका–७ बस्ने वर्ष १९ को किसान बिक, व्यास नगरपालिका–१२ बस्ने वर्ष १९ को सुनिल बिक, कास्कीको पोखरा महानगरपालिका– ८ बस्ने वर्ष २२ की आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ५१ को सुनिल ढकाल रहेका छन् ।

यस्तै, अन्य घाइते हुनेहरुमा लमजुङको वेशीशहर नगरपालिका–३ दिपुर बस्ने वर्ष ४१ को कृष्णबहादुर पाण्डे, गोरखाको सिरानचोक गाउँपालिका–४ बस्ने वर्ष ४२ को राम शरण कुँवर, शहिद लखनथापा गाउँपालिका–२ घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका–१ बस्ने वर्ष ५९ को उज्वल विक भानु नगरपालिका– १० बस्ने वर्ष ५० को खेमराज लौडारी, वर्ष १७ को प्रशान्त लौडारी रहेका छन् ।

घाइतेहरुकाे आँबुखैरेनी अस्पतालमा उपचार भइरहको छ । तनहुँको आबुखैरेनी गाउँपालिका-३ बिच बजार बस्ने वर्ष ४२ की दमन्तीमाया नेपाल र व्यास नगरपालिकाको वडा नखुलेको वर्ष १३ की आस्था काफ्लेको चितवन नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ ।

चालक तनहुँको भानु नगरपालिका–५ बस्ने वर्ष ३५ को रविन्द्र घले प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS