
म्याग्दे
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिकाको प्रथम पालिका सम्मेलन आयोजना हुने भएको छ। म्याग्दे ४ को रत्न गुठी भवनमा माघ १७ गते बिहीबार सम्मेलन हुन लागेको हो । सम्मेलनलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हरी ढकाल, प्रतिनिधि सभा सदस्य शिव नेपाली, पार्टीका केन्द्रीय सह कोषाध्यक्ष रमेश प्रसाई र गण्डकी प्रदेश सभापति राजन गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा नयाँ नेतृत्व चयन गर्दै ११ सदस्यीय कार्यसमिति गठन गरिने राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे गाउँपालिकाका संयोजक मनोज अधिकारीले बताए ।
ऐतिहासिक सम्मेलनले पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको संयोजक अधिकारीले बताए ।