images
images
images

एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

images

रामपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो ।

छात्रा कुँवरलाई नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पण्डितले नगद रु १० हजार र सम्मान–पत्रसहित दोसल्ला ओढाइ सम्मान गरे । १५औँ नगरसभाको अवसरमा नगरपालिकाले सम्मान गरेको हो ।

दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा र एसइईमा उत्कृष्ट अङ्क ल्याएकी कुँवरका अभिभावक मानबहादुर कुँवरलाई पनि सम्मान नगरपालिकाले सम्मान गरेको छ । १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही स्वेच्छिक अवकाश लिएका कार्मचारी शिवादेवी थापालाई दोसल्ला र सम्मानपत्रसहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोषमार्फत रु दुई लाख ९४ हजार प्रदान गरी सम्मान गरेको छ ।

उपप्रमुख बालकुमारी थापाले आर्थिक विनियोजन विधेयक ऐन संशोधनसहित नगरसभामा प्रस्तुत गरेकी थिइन् । सभाको पहिलो बैठकको बजेटमध्ये प्रदेश सरकारबाट विशेष अनुदान रु २० लाख र प्रदेश सशर्तमा रु छ लाख थप भएसँगै नगरपालिकाको आगामी आवको बजेट रु ७४ करोड ११ लाख चार हजार रहेको उनले जानकारी दिइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS