images
images
images

ललितपुर आगलागी : ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

images

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका गिरीको गएराति किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

किष्ट अस्पताल नजिकैको टहरामा आगलागीमा परेर गम्भीर घाइते भएका सञ्जयको श्रीमती रुपा गिरी र दुई छोरी ३ बर्सिया प्रिया गिरी र ८ बर्सिया एलिशा गिरीले यसअघि ज्यान गुमाएका थिए ।

रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

यस घटनामा घाइते भएका १५ वर्षीय मित गिरीको भने किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS