images
images
images

शैक्षिक सत्र सुरु हुनु अगावै आँवुखैरेनीका विद्यालयमा पाठ्यपुस्तक पुग्यो

images

तनहुँ सम्वाददाता । जिल्लाको आँवुखैरेनी गाउँपालिकामा शैक्षिकसत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुगेको छ । गाउँपालिकामा पाठ्यपुस्तक खरिदका लागि समयमै निकासा गरिदिएपछि विद्यालयमा पाठ्यपुस्तक पुर्याउन सहज भएको छिम्केश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक एवँ सूचना अधिकारी काशीनाथ देवकोटाले बताए ।

विद्यालयमा नतिजा प्रकाशनको अन्तिम तयारीमा छौँ, पहिलो, दोस्रो र तेस्रौ त्रैमासिक परीक्षाको आधारमा विद्यार्थी कक्षा चढ्न सक्ने सम्भावनालाई मध्यनजर राखी ८० प्रतिशत पुस्तक विद्यालयमा आइपुगेको छ, देवकोटाले भने । चैतको २२ गते सम्म अन्तिम परीक्षा रहेको र २७ गते नतिजा प्रकाशनसँगै भर्ना र पुस्तक वितरणको काम सँगसँगै हुने उनले बताए । यस अघि शैक्षिकसत्रको अन्तिम समयसम्म पुस्तक खोज्न हिँड्नुपर्ने र कतिपय अवस्थामा पुस्तक विना नै शैक्षिकसत्र सकिने गरेको कहाली लाग्दो अवस्थाका दिनहरु सम्झदा अहिले धेरै सजिलो भएको उनले बताए ।

शिक्षाको सुधारका लागि गाउँपालिकाले देखाएको उत्सुकताले आफूहरुमा निक्कै उत्साह जागेको उनको भनाइ छ ।

पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले धमाधम पाठ्यपुस्तक अर्डर गर्ने र लैजाने काम गरिरहेको पुस्तक व्यावसायी केशव कोइरालाले बताए । पहिले सरहरु शैक्षिक सत्र सुरु भएपछि विद्यार्थी भर्नाको लिस्ट लिएर आउने गर्नुहुन्थ्यो अहिले त रिजल्ट पनि नहुँदै नयाँ किताव लिन आउनु भएको छ, यसले शिक्षामा सुधारको सँकेत देखाएको उनले बताए । समयमै पाठ्यपुस्तक पाएर विद्यार्थीले पढ्न पाए नतिजामा सकरात्मक सुधार हुने व्यावसायी कोइरालाको भनाइ छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS