images
images
images

धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

images

जनाकपुरधाम । धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् ।

आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २(०२(००४ प ६९४७ मोटरसाइकललाई बी।एल।१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए ।

कार चालक दुर्घटनापश्चात फरार भएको र उनको खोजी कार्य जारी रहेको डिएसपी अवाले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS