images
images
images

रुपन्देहीमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते

images

बुटवल । रुपन्देहीमा ट्याक्टर दुर्घटना भएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका–५ दुइमुहानमा ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार कोटहीमाइ गाउँपालिका– ७ मा हुन लागेको श्रीमत भागवनको लागि जल लिन गएको लु१त ५५४७ नं ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा सवित्रा यादव र उर्मिला यादव रहेको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार भएकाले खोजी कार्य जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS