काठमाडौँ । नेपाल सरकार विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट० ले बायोलोजीकल साइन्स अन्तर्गत डा।कोइराला रिसर्च इस्टीट्यूट फर बायोडाइभर्सिटी एण्ड बायोटेक्नोलोजीलाई नेपालमा परम्परागत रूपमा क्यान्सर रोग विरुद्ध प्रयोग हुँदै आइरहेका वनस्पतिहरूको अध्ययन तथा अनुसन्धान अनुदान रु ९ लाख ९७ हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
एक वर्षसम्म चल्ने उक्त प्रोजेक्टले आफूमा सकारात्मक ऊर्जा थपेको साथै आफूले उक्त कार्यमा दत्तचित्त भएर लाग्ने वरिष्ठ युवा वैज्ञानिक डा निरञ्जन कोइरालाले बताए। साथै नास्टले विभिन्न संस्थाहरूलाई विभिन्न शीर्षकहरूमा अनुसन्धान अनुदान प्रदान गरेको छ।
















