images
images
images

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको कोषाध्यक्षमा श्रेष्ठ निर्वाचित

images

तनहुँ
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको कोषाध्यक्षमा दमौलीका व्यवसायी ताराराम श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट दमौलीका पुस्तक व्यवसायी ताराराम श्रेष्ठ अत्याधिक मत सहित कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कोषाध्यक्ष पदमा भएको निर्वाचनमा श्रेष्ठले २७९ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वि बिजयकृष्ण महर्जनले २३२ मत पाएका थिए । केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिदै उनले जिम्मेवार, मर्यादित भएर व्यापारिक नीति निर्माणमा लाग्नुका साथै नेपाल भरि छरिएर रहेका पुस्तक तथा स्टेशनरी व्यवसायीलाई एकीकृत गर्ने बताए ।

तनहुँ पुस्तक तथा स्टेशनरी संघको पूर्व अध्यक्ष हुदै महासंघको केन्द्रीय सदस्यको अनुभव समेत लिईसकेका श्रेष्ठ केन्द्रीय महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

महाधिवेशनले शिव सागर शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षहरुमा नारायण कुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी, सरोज मास्के, महासचिवमा बिष्णु प्रसाद पौडेल, उपमहासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने, महिला सचिवमा कोपिला गिरी, सह कोषाध्यक्षमा रबिन बराल तथा लेखा समिती संयोजकमा कृष्णराम कार्की निर्वाचित भएका छन् ।

 

यसैगरि सदस्य ९स्टेसनरी० मा रमेश भण्डारी, एसोसिएट सदस्य ९पुस्तक० पुरुषोत्तम दाहाल तथा खुल्ला सदस्यहरुमा किसान श्रेष्ठ, किशोर आचार्य, रामचन्द्र अधिकारी, राजन फुँयाल,रामकृष्ण चाँपागाईं, सुबिन मानन्धर र जगत प्रसाद शर्मा निर्वाचित भएका छन् ।

यस्तै भुगोलबाट निर्वाचित भएका कार्यसमिति सदस्यहरुमा कोसीबाट राजमणी गौतम, मधेसबाट नितेश कुमार शाह, बागमतीबा हरि प्रसाद पौडेल, गन्डकीबाट देबलाल काफ्ले, लुम्बिनीबाट लालमणी लम्साल, कर्णालीबाट गणेश बहादुर रोकाय र सुदुर पश्चिमबाट शंकर बहादुर कठायत रहेका छन् ।

त्यस्तै महिला सदस्यहरुमा मन्दिरा पाण्डे र रिता पुलामी तथा स्टेसनरी खुल्ला सदस्यहरुमा होमनाथ पाण्डे, रेश्मी न्यौपाने, भिम प्रसाद आचार्य, योगेन्द्र बहादुर शाही, राम बहादुर अधिकारी ९रामु० तथा लेखा समितिको सदस्यमा कुमार घिमिरे, धर्मराज घिमिरे निर्वाचित भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS