images
images
images

अमेरिकी कंग्रेसमा नेतान्याहुको सम्बोधन, गाजा युद्धको बचाउ

images

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले गाजा युद्धको बचाउ गरेका थिए ।

कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, ‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन्, जब हामी इरानसँग लड्छौँ, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ, हाम्रो युद्ध तपाईंहरुको युद्ध हो, हाम्रो जित तपाईंहरुको जित हो ।’

धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गरे । तर, कांग्रेसका दर्जनौँ डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएका थिए ।

सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नु परेको थियो । मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहुलाई ‘युद्ध अपराधी’ घोषणा गरेका थिए ।

नेतन्याहुको सम्बोधनमा बाधा पुर्‍याउने पाँच जनालाई क्यापिटल भवनभित्रबाट पक्राउ गरिएको छ । प्रदर्शनकारीलाई सम्बोधन गर्दै नेतान्याहुले भने, ‘तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मुर्ख बन्नु भएको छ ।’द

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS