images
images
images

जलेश्वर ज्येष्ठ नागरिक भवनको उदघाटन

images

तनहुँ २४ माघ
व्यास नगरपालिका–१ चारकुने स्थित जलेश्वर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको बुधबार उदघाटन गरिएको छ । उक्त भवनको गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले उदघाटन गरे । सो अवसरमा बोल्दै चुमानले ज्येष्ठ नागरिक भवन निर्माणका लागि बजेट बिनियोजनमा आफुले सक्दो पहल गरेको बताए ।

भवन निर्माण पश्चात ज्येष्ठ नागरिकलाई एकै स्थानमा बसेर आफ्ना गतिविधी संचालन गर्न सहज हुने उनले बताए । केन्द्रको अपुरो भवन निर्माण सम्पन्न गर्नको लागि आफ्नो क्षेत्रबाट सक्दो पहलकदमी हुने उनले आश्वसन दिए । नेकपा एसका केन्द्रिय नेता प्र्रतापलाल श्रेष्ठले रचनात्मक कार्य र समय बिताउन दिवा सेवा केन्द्र सहज हुने धारणा राखे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार,यातायातमा छुट,लगायतका कार्यमा राज्यले बिशेष ध्यान दिनुपर्ने बताए । केन्द्रका अध्यक्ष गणेश जिसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष रमेशचन्द्र हडखले,नेकपा एमाले प्रतिनिधी निर्मल पण्डित,रास्वपा व्यास–१ का सभापति कमल जिसी,वडासदस्य कृष्ण गुरुङ,सरस्वती वस्ती लगायतका वक्ताहरुले भवन निर्माण कार्यमा सहयोग पुराउने प्रदेश सरकार,व्यास नगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संचालन केन्द्रका सचिव रामकृष्ण सापकोटाले गरेका थिए । ष्ण्डकी प्रदेश सरकारबाट पटक पटक गरी रु।एक्काइस लाख,वडा कार्यालयबाट रु.एक लाख पचास हजार र व्यास नगरपालिकाबाट रु।पचहत्तर हजार सहयोग प्राप्त भएको थियो ।

उक्त बजेटबाट करिब तीन आना सार्वजनिक जग्गामा दुई ढलानको भवन निर्माण गरिएको केन्द्रका सचिव रामकृष्ण सापकोटाले जानकारी दिए । ज्येष्ठ नागरिकहरुका लागि दिवाको समयमा चिया खाजाका लागि गतबर्ष संघीय सरकारबाट रु।दुई लाख र गण्डकी प्रदेश सरकारबाट रु।पचासी हजार बजेट निकासा गरी सहयोग गरेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS