images
images

सम्झनामा रामलिला

images

प्रताप लाल श्रेष्ठ

प्रताप लाल श्रेष्ठ

राम लिला संग मेरो पहिलो भेट २०४७ सालको वैशाषमा केशवटारमा भएको आमसभा थियो । केशवटारमा भएको आससभामा राम लिला , दुर्गा , हेम , शालीग्राम , पशुपति , ज्ञान ,श्याम , भेष ,धर्म ,चुडा योग , मनोहर आदि साथिहरु सक्रीय हुनुहुन्थ्यो । कार्यक्रमको प्रमुख वक्ता मालेका नेता केशव आचर्य र म लगायत थियौं ।
०४६ ÷४७ सालको सफल आन्दोलन पछि हामी वयस्क चरा जस्तै थियौं । जहां पनि उडने । हिजो पखेटा काटिएको भए पनि अहिले जोडिएको जस्तो । निरंकुश पंचायति व्यवस्थाले व्यक्तिका अधिकारहरु , राजनीतिक अधिकारहरु , वोल्ने लेख्ने संगठन गर्ने स्वतन्त्रताहरु पुरै अपहरण गएिको थियो । यो जन आन्दोलनले वंशको शासनलाई मलजल गर्ने पंचायति व्यवस्था सदाको लागि विदा भएको थियो ।
आमसभामा ३० वर्षे रामलिला पनि वक्ता हुनुहुन्थ्यो , उहांले पंचायति व्यवस्थाको अन्त्य हुनु जनताको ठूलो उपलव्धि हो । फलामको सिक्री तोडिनु संगै देशमा भेदभाव , असमनता , थिचोमिचो , उचनिच सवै हटनेछ , देशमा विकासको फडको मार्नेछ । जनताको जीवनमा सुधार हुनेछ । त्यसवेला गरिवहरु कम्युनिष्ट पार्टीमा धनी र गरिवको खाडल मेटिनेछ , वर्गिय समनता हुनेछ भनेर लाग्दथ्य । कम्युनिष्ट नेताहरुले पनि जनताको वीचमा जांदा वोल्दा , चीनमा धनी र गरिव छैनन सवै एक छन् समान छन् , हामीले पनि त्यस्तै व्यवस्था ल्यउन चाहेको भनेर भन्दथ्य ।
दलित जातिहरु कम्युनिष्ट पार्टीमा युगौं पुरानो सामान्ति व्यवस्थाले कायम गरेको जातिपातिको भेदभाव हटी समनता हुनेछ , छुवाछुत हुनेछैन , तं ठूलो र म सानो हुने छैन । दलित भएकै कारण तिरस्कृत हुनु पर्दैन , हेला होचो हुदैन भनेर लाग्दथ्य । त्यसले दलित जातिमा ठूलो प्रभाव पनि पारेको थियो । त्यस वेलाको कम्युनिष्ट नेताहरुले देखाएको व्यवहारका कारण विश्वास गर्ने ठांउ पनि थियो ।
कमरेड राम लिला शिक्षक हुनु हुन्थ्यो । शिक्षक पेशाको जागिरले उहांको जीवन भरण पोषण र वाल वच्चा हुर्काउन ठ्रुलो सहयोग पुगेको थियो । धनी वन्ने र शुखसयलको जीवन विताउन चाहाना नराख्ने हो भने त्यस वेला प्राविको शिक्षक भए पनि जीवन गुजार्न गा¥हो हुदैनथ्यो । उहांको पनि सामान्य ढंगले नै चल्यो । छोरा मनोजले लिएको आफनो पुर्खाैली पेशाको सफलता संगै रामलिलाको परिवारलाई जीवन यापन गर्न ठ्रुलो राहत मिल्यो ।
कमरेड रामलिालाई निरंकुशता विरोधी आन्दोलन मात्र होइन , जन जीविकाको आन्दोलन , विकृति विसंगतिको आन्दोलन , राष्ट्र विरोधी आन्दोलन , विभिन्न सन्धि सम्झोैता विरोधी आन्दोलनहरुमा हर समयमा मैदानमा देख्न पाइन्थ्यो ।
उहां दलित अधिकार अभियानको एउटा तनहुं जिल्लाको हस्ती नै हुनुहुन्थ्यो । जिल्लामा कुनै पनि दलित अन्यायमा प¥यो भने जुन सुकै विचार धाराको किन नहोस् सहयोग गर्न पुग्नुहून्थ्यो । उहांलाई पार्टीले पनि नेपाल दलित मुक्ति समाजकै जिम्मेवारी दिएको थियो । उहांलाई सामान्य वेला राम लिला सुवर्णकार भने पनि रिसको झोकमा कतिपयले कामी पनि भनेको सुनेको छु । उहांलाई कामी भनेर अपमानित गरे पनि कुनै वास्ता गर्नु हुदैनथ्यो । । हाम्रो समाज यस्तै न छ । त्यसैले त हाम्रो आवश्यक्ता छ , हाम्रो भुमिकाको आवश्यक्ता छ । यो समाज सामान्ति समाज हो । त्यसैले त हामीले उत्छेद गर्न लागेका छौं । यस्ता कुरा वुझनेले भन्दैनन् । नवुझनेले भनेको कुनै अर्थ छैन भन्नु हुन्थ्यो ।
०६२÷६३ सालको जनआन्दोलन सम्पन्न भैसकेको थियो । जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी विष्णु ढकाल वा उद्धव तिमिल्सिना हुनुहुन्थ्यो । म त्यसवेला तनहुंको पार्टी प्रमुख थिएं । राम लिला सुवर्णकार जिल्ला कमिटीको सदस्य र चण्डी देवी माविमा प्रावि शिक्षक हुनु हुन्थ्यो , एक दिन उहांले मलाई पि. एल सर तनहुं जिल्लामा दलित उत्थान विकास समितिमा हाम्रो नियुक्त हुन प¥यो , अरु वेला आश गरिएन , अहिले त हाम्रो नियुक्ती सम्भव छ , हामीले आज सम्म पार्टी वाट के लिएका छौं र । हामीलाई तपांइले शिफारिस गरि दिनु भए तनहुंका दलितका वीच काम गर्ने अवसर पाउने थिएं । मैले हुन्छ साथिहरु संग पनि सल्लाहा गरौंला , शिफारिस गर्ने भए तपांइकै नाम शिफारिस गरौंला । उहां दलित कार्यकर्तामा सिनियर कमरेड हुनुहुन्थ्यो । आखिर उहां तनहुं जिल्लाको दलित उत्थान विकास समितिको उपाध्यक्ष वनि छाडनु भयो । अध्यक्ष स्थानीय विकास अधिकारी हुने नीति थियो । उक्त पदमा रहदा राम्रै काम गर्नु भयो , विवादमा आउनु भएन , कतै लोभ गर्नु भएको थाहा भएन ।
०५९ साल जेष्ठ देखि नै जिल्ला विकास समिति विघटन भैसकेको थियो । जिल्ला विकास समितिको उपसभापति वस्ने कार्यकक्षमा उहांको अफिस थियो । दलित उत्थान विकास समितिको उपाध्यक्ष संगै चण्डीदेवि माविको शिक्षक हुनुहुन्थ्यो । एकदिनको कुरा हो उहांले स्थानीय विकास अधिकारीसंग गाडि माग्नु भयो । स्थानीय विकास अधिकारीले पनि कुनै नाइनास्ति नगरिकन गाडि उपलव्ध गरि दिनु भयो । अनि उहांले ड्राइभरलाई भन्नु भयो अव सिदै चण्डिदेवी मावि व्यास ५ वैरेनी जाऔं । गाडि माविको गेटमा गएर राकियो । उहांले चालकलाई अरु भन्नुु भयो , गाडि भित्र हुल र माविको कार्यालय अगाडि लगेर रोक । उहांले भने जसरी ड्राइभरले गाडि भित्र लग्यो र भनेकै ठांउमा गाडि रोकियो ।
गाडि कार्यालयमा गएर रोकिए पछि कार्यालय भित्र रहेका शिक्षकहरु वाहिर निस्के , कक्षामा भएका शिक्षकहरुले पनि चियाएर हेरे । विद्यार्थिहरु पनि झुम्मिए । हाम्रो मावी यति महङगो ल्यान्ड क्रुजर गाडिमा को आएको छ ? गाडिमा ठ्रूलै मान्छे आएको हुनु पर्छ , के काम परेछ नी भनेर सवैले साउति मारे । वास्तवमा गाडिमा अरु कोहि आएको नभएर आफनै विद्यालयको एक जना शिक्षक राम लिला सुवर्णकार थिए । जो गाडि वाट फुत्त निस्के । सवै शिक्षकहरु दंग परे । को न आएको रहेछ भनेको आफनै शिक्षक पो आएका रहेछन् । अनि गाडि हेर्न आएका शिक्षकहरु आज के देखियो भन्दै भित्र पसे ।
उहांले यो घटना वडा रमाइलो गरी मलाई सुनाउनु भएको थियो , राम्रै हसि मजाक भयो । यस्तो किन गर्नु भयो भन्ने मेरो प्रश्नमा उहांले सहज ढंगले भन्नु हुन्थ्यो , मलाई दलित भनेर हेप्ने , कनिष्ट शिक्षक भन्ने , म अहिले त अलिक फेरिएको छु नी भनेर देखाइ दिएको नी । त्यसपछि विद्यालय जानु परेन , पढाउनु पनि परेन , यस पदमा वहाल रहे सम्म पढाउनु नपर्ने नियम वन्यो ।
सरकारको परिवर्तन सगै यो पदको पनि परिवर्तन भै रहन्थ्यो । जसको सरकार छ उसै सरकारको नजिकको पार्टी कार्यकर्ताले यो अवसर पाउथ्यो । यो पदमा पछिल्लो कालमा नोक वहादुर विकले पनि पाउनु भयो । तर पछि उहां पार्टी वाट अलग हुनु भयो ।
०६२÷६३ सालको सफल जनआन्दोलन पछि माओवादी पनि खुलै भयो । ०६३ आषड २ मा तत्कालीन गृह मन्त्री कृष्ण प्रसाद सिटौला कास्कीको सिकेलेसमा रहनु भएका माओवादी नेताहरु प्रचण्ड र वावुरामलाई लिन हेलिकप्टर लिएर जानु भइ ल्याउनु भयो । त्यहांहरु प्रशिक्षणमा सहभागि भै रहनु भएको थियो । राजनीति छिन छिनमा परिवर्तन भैरहेको थियो । त्यसवेला हरेक पार्टीमा माओवादी प्रभाव वढिरहेको थियो । माओवादी भएर पनि जंगल जानु नपर्ने कुराले सवैलाई सजिलो भएको थियो । त्यसैले माओवादी प्रवेश लहर नै आएको थियो । यो हावाले उहांलाई पनि छोयो र पार्टी परित्याग गर्नु भयो । जनवादको राम्रै उपयोग गर्न पाउने पार्टी एमालेमा जस्तो वातावरण माओवादीमा नदेखे पछि उहां फेरी एमालेमा फर्कनु भयो र सक्रीय हुन थाल्नु भयो ।
कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेको नवौ महाधिवेसन विशेष चर्चा रहने गर्छ । पार्टी पुरै दुइ समुहमा चिरिएको थियो । तनहुंको महाधिवेसन प्रतिनिधि छनौटमा त्यस्तै देखिएको थियो । तनहुंको दलित निर्वाचन क्षेत्रमा राम लिला सुवर्णकार र रनसिङ नेपालीले महाधिवेसनमा सहभागि हुने अवसर पाउनु भयो । महाधिवेसन स्थलमा पुगे पछि भने एउटै कित्ताका हामी दुइ कित्ताका भयोैं । जिल्लामा कडा प्रतिस्पर्धा विच विजय हुनु भए पनि माथि पुगे पछि विर्सन पुग्नु भयो । केही मानिस उहांको पछि यस्तो गरी लागे कि उहां चलमलाउनै सक्नु भएन । महाधिवेसन सहभागि हुने अवसर नपाउनु भएका वावुराम विकले भेटदा गुनासो गर्नु भएको थियो । तपांइले आफनो मान्छे वोक्यो भनेर ।
उमेर वढदै गर्दा छोडने क्रम पनि वढदै जान्छ । त्यसै क्रममा उहांको जीवनसंगिनीले पनि छोडर जानु भयो । उहांले अर्काे साथि खोज्नु भए पनि , जीवन जिउन खासै समस्या नभए पनि दुखमा पनि रमाइलो जीवन विताएको संगिनीलाई विर्सन निकै गा¥हो पर्दाेरहेछ भनी भन्नु हुन्थ्यो ।
उहांको १५० सिसिको मोटर साइकल थियो । सक्दा चढने नै हो पनि । काम विशेषले पोखरा वाट फर्कदै गर्दा मौरी ओडारमा सिदै वसमा मोटर साइकल ठोकाउनु भयो । त्यसपछि उहां वेहोश हुनु भयो । त्यो गाडिको ड्राइभर यस्तो उदारभावको रहेछ कि पुरै गल्ति मोटर साइकल चालककोे भए पनि उनले विरामीलाई आफनै गाडिमा राखि अस्पतालमा पु¥याए । अस्पतालमा उहांको राम्रै उपचार भयो र ड्राइभरले ३५ हजार तिरि पनि दिएछन । उहांले मलाई घटनाक्रम सुनाउदै गर्दा मैेले भनेको थिएं । अन्यत्र वाट मैले यथार्थ कुरा पनि सुनेको थिएं । त्यस वेला मैले भनेको थिएं । तपाई ठोकिनु भएको वसको ड्राइभर यति इमान्दार परेछन कि तपांइको जीवनको कल्याण नै गरिदिएछन् , गल्ति तपांइकै रहेछ । उसले निवाउनु पर्ने सवै जिम्मेवारी पुरा गरेछन् ती ड्राइभर गरीव छन् भने मैलै तपांइ वाट एक पैसा लिनु हुन्न तपांइले देखाउनु भएको इमान्दारीका कारण । तपांइले मेरो जीवन वचाइ दिनु भयो , धन्यवाद स्वरुप यो ३५ हजार रकम फिर्ता गर्न चाहान्छु ,मेरो मनले लिनै मानेन । मैले अझै वांच्न पाएको छु ।न्यायको लागि लडन पाएको छ्ु । गरिव दुखी दाखीको सेवा गर्ने अवसर पाएकोछु भन्नु होला । तर पैसा फिर्ता गर्ने मौका सायद जुरेन ।
जीवनको पछिल्ला दिनहरुमा राष्ट्रले पुरस्कृत गरिरहेको वेला गोरखा पत्रमा उहांको नाम पनि प्रकाशित भएको थियो । उहांले त्यो शुखद समाचार ेदेखाउदै पनि हिडनु भयो । अन्याय विरुद्ध लडेको , जनताको सेवा गरेको कदर गरी पुरस्कृत हुन पाएकोमा गौरव महशुस सवैले गर्छन । उहांले पनि गर्नु स्वाभाविक हो । तर उहां पुरस्कृत हुनु भएन । यसवारे लोकवाणीका सम्पादक प्रकाश भटटराईले लेखै लेखेका छन् तर पनि के कारणले यस्तो हुन गयो ? को जिम्मेवार छ ? कसले गर्दा यस्तो हुन गयो ? गोरखा पत्रमा त्यसै नाम प्रकाशित भएन होला नाम ठेगाना सवै मिल्ने गरी । यस घटनाले उहांलाई निकै खिन्न वनायो र अपमानित पनि । यो कसरी यस्तो हुन गयो सायद रामलिला सत्यको नजिक कहिल्यै पुग्न सक्नु भएन ।
०७७ पौष ५ गते संसद विघटनको घटना पछि पार्टी असाधारण विभाजनको मोडमा पुग्यो । पौष ७ गते एउटै पार्टीको वैठक कार्की व्यनकोट र वालुवाटारमा वस्यो । यो पार्टी विभाजनको पुर्वभ्यास थियो । आफु उभिएको जमिन वमले उडाए पछि जुन परिणाम आउनु पर्दथ्यो त्यही परिणाम आयो तत्कालको वेला भने दुरगामि परिणामको रुपमा जनताको विश्वास टुटन गयो ।
पार्टीमा आएको यस्तो घटनामा राम लिला कहिले यता एकिकृत समाजवादीमा र कहिले उता एमालेमा गर्नु भयो । एकिकृत समाजवादीको २, ३ वटा वैठकमा सहभागि हुनु भयो । संसद विघटन ठूलो भुल हो, अव यस्तो अवसर आउछ कि आउदैन भन्दै । वुढेसकालको छोरा र उसले लिएको वाटो हिडनु सायद राम लिलाको वाध्यता थियो ।
उमेर धेरै गएको त हाृृेइन । सुगर प्रेसर , मुटुको समस्या र अल्जाइमरको कारण निकै गल्नु भयो । स्मरण शक्ति पनि कमजोर भयो । २०८० पौष २५ गते सदाको लागि संसार छाडनु भयो । उहांप्रति हार्दिक श्रद्धान्जली ।
उहांको साथि  लेखक नेकपा एकिकृत समाजवादीको पोलिटव्युरोको साथि हुनुहुन्छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS