images
images
images

व्यास नगरपालिकाले आज देखी नकुहीने फोहोरमैला संकलन नगर्ने

images

तनहुँ

व्यास नगरपालिकाले अर्को ब्यवस्था नकुहीने फोहोरमैला संकलन नगर्ने भएको छ । व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङद्वारी विज्ञप्तीमा अर्को ब्यवस्था नभएस सम्म नकुहीने फोहोरमैला संकलन नगर्ने जनाएको हो ।
नगरपालिकाद्वारा जरी विज्ञप्तीमा भनिएको छ ‘व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको छ । विगत ३०–३२ वर्ष सम्म भएको स्थायी समाधानका लागि विभिन्न विकल्पमा कार्य भइरहे पनि समाधान हुन सकेको छैन ।’ कुहिने फोहोर र नकुहिने फोहोर घर घरबाट छुट्टयाउने कार्य भएता पनि नहुकिने फोहोरमा कुहिने फोहोर अझै मिसिएको अवस्था छ, जस्ले गर्दा नकुहिने फोहोर विसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएर स्थानीयको गुनासो आइरहेको छ ।’ विज्ञप्तीमा नगरवासीमा कुहिने फोहोरलाई अलग गरिदिनुहुन र कुहिने फोहोर संकलन गर्न एकदिन बिराई नियमित गाडि आउने व्यहोरा अनुरोध छ । ’


भनएिको छ । ‘नकुहिने फोहोर संकलन कार्य अर्को व्यवस्था नहुदाँसम्म माघ ३ गतेनै विशेष कारणबस उठाउन नसकिने हुदाँ नकुहिने फोहोरको केहि दिन स्वंयमले घरमै सुरक्षित राख्न समेत नगरपालिकाले अनुरोध गरेको छ । व्यास नगरपालिका स्थापना भएको ३ दशक बढी भएपनि अझै सम्म फोहोर मैला ब्यवस्थापन केन्द्य्र निर्माण हुन सकेको छैन् । नगरपालिकाबाट प्रत्येक बर्ष नमुना फोहोर मैला ब्यवस्थान केन्द्रको अध्ययन अवलोकन गर्न भनेर विभिन्न स्थानमा भ्रमण नाममा लाखौ खचै गरेरपनि फोहोर मैला ब्यवस्थापन केन्द्र निर्माणमा ठोस पहल लिन सकेको छैन् ।

व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको थियो ।पछि बिभिन्न समयमा नगरपालिका विस्तारित हुँदै गएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS