दमौली
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाविर पुन आफ्नो पुस्तक बेच्न दमौली आइपुगेका छन् । उनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ विक्रीका लागि दमौली आएका हुन् । जीवनका पीर–व्यथा, संर्घष र प्रेरणादायी प्रसङ्गहरु उनेर तयार गरिएको किताब बिक्रीको दौरनमा रहेका छन् । उनले दमौलीको अनशन चोकमा आफ्नो पुस्तक विक्री गरे । दमौलीमा आउने वित्तिकै उनले ‘आउनुहोस्, आउनुहोस्, महावीर पुनको किताब किन्नुहोस्’। उनी गोरखा, तनहुँको आँबुखैरेनी,डुम्रे, बन्दिदपुर लमजुङ्गका विभिन्न स्थान हुँदै बिहीबार साँझ दमौली आएका हुन् ।
महावीर पुन किताब बेच्दै, किताबमा हस्ताक्षर गर्दै, धमाधम पाठकहरुसँग फोटो खिच्दै थिए। ‘महावीर पुनलाई पैसा चाहिएर नभएर वीरगञ्जको कृषि औजार कारखाना संचालनका लागि रकम जोहो गर्न पुस्तक विक्रीका लागि आएको बताए । सरकारले वर्षौदेखि बन्द अवस्थामा रहेको वीरगञ्जको कृषि औजार कारखानाको मर्मत र व्यवस्थापन गर्न तथा अनुसन्धान तथा विकास गर्ने जिम्मेवारी महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ। त्यो कारखाना मर्मतको लागि एक पटकलाई सरकारले आवश्यक परेको रकम जोहो गर्न किताव क्रिी अभियाना हिडेको उनले बताए । ‘म हावीर पुनले कृषि औजार खारखानको लागि आफ्नो आत्मकथा समर्पण गरेका छन्।
कृषि औजार कारखानाको लागि पैसा जुटाउनको लागि नै किताब लेखिएको छ ।
म्याग्दीमा जन्मपछि प्राथमिक शिक्षा त्यहीँ पूरा गरेको, एसएलसी चितवनबाट दिएको, त्यसपछि उच्च शिक्षाको लागि काठमाडौँ आएको काठमाडौँबाट पनि अमेरिका गएको र अमेरिकाबाट नेपाल फर्किएर राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको लागि गर्नु परेका संघर्ष र त्यसपछि भोग्नु परेका अनुभवहरु पुनले किताबमा समेटेका छन्। त्यसैले पठनको लागि यो किताब महत्वपूर्ण र उपयोगी छ।
३०८ पेज रहेको उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ