images
images
images

दुई भारतीयसहित ट्रकबाट ३ सय ९६ किलो गाँजा बरामद

images

चितवन — चितवन प्रहरीले दुई भारतीयसहित ट्रकबाट ३ सय ९६ किलो गाँजा बरामद गरेको छ ।

मंगलबार बिहान ५ बजेतिर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको जेएच ०२ डब्लु ९६३१ नम्बरको ट्रकलाई आँपटारीमा चेक गर्दा उक्त परिणाममा गाँजा बरामद भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए । त्यसैगरी ट्रकमा रहेका भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पुरागाउँका ४५ वर्षीय अनिल गिरी र केलादेवी थाना अपावती कुतवपूरगाउँका ३७ वर्षीय राजपाल सिंह पक्राउ परेका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । वीरगन्जबाट नेपाल छिरेको भारतीय ट्रक चितवन आएर गोन्द्राङ हुँदै जुगेडी पुगेर फर्कन लागेका समयमा नियन्त्रणमा लिएको एसपी कार्कीले बताए । चालक रहने क्याबिनमा फल्स बटम बनाएर गाँजा लुकाएको अवस्थामा ट्रक नियन्त्रणमा लिएको एसपी कार्कीले बताए ।

वीरगन्जबाट खाली छिरेर मकवानपुरमा हराएको हुँदा गाँजा राखेको शंका बढेर गयो । त्यसैले खोजतलासमा जुट्यौ । यो ट्रक जुगेडी पुगेर यता फर्कनुको कारण सामान काठमाडौं छाडेर फर्केको भन्ने देखाउनु रहेछ । भैरहवा नाका हुँदै फर्कने योजना रहेछ, एसपी कार्कीले भने ।

ट्रकसँगै नियन्त्रणमा रहेका व्यक्तिहरूको सोधपुछ र थप अनुसन्धानले अन्य कुराहरू पनि खुल्ने एसपी कार्कीले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS