तनहुँ
गैह आवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिदै जादाँ अध्यक्षका उम्मेदवारहरूले आ-आफ्नो प्यानल बनाइरहेका छन्।अध्यक्षका उम्मेदवारहरू महेश श्रेष्ठ,डा.बद्रि केसि,रबिना थापा,आरके शर्मा र विनय अधिकारीले उम्मेदवार घोषणा गरिसकेका छन्।
सबै उम्मेदवारहरू विभिन्न देशमा पुगि भोट मागिरहेका छन्।प्रचारप्रसारमा व्यस्त छन्।आफ्नो उम्मेदवारी बलियो बनाउन विभिन्न देशमा रहेका एनआरएनए अभियान्ताहरू आफ्नो प्यानलमा ल्याउन होडबाजी भइरहेको बेला लामो समयदेखि अष्ट्रेलिया बस्दै आइरहेका उपाध्यक्षका उम्मेदवार दिनेशराज जोशीलाई महेश श्रेष्ठको टिममा राख्नुपर्ने भन्दै दबाब आइरहेको श्रेष्ठ निकट स्रोतले जानकारी दियो।
अष्ट्रेलिया निवासी जोशी एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय हुदै आइरहेका छन्।जोशी वर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुन् । तनहुँ समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार रहेका जोशी नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक पनि हुन्।
जोशी ओसीयाना क्षेत्रका प्रभावशाली व्यक्ति हुन्। उनको अन्य देशका शुभचिन्तकले समेत अध्यक्षका उम्मेदवार श्रेष्ठलाई प्यानलमा राख्न दबाब दिएका छन् भने जोशी स्वयम् उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने र आफू अहिलेसम्म कुनै प्यानलमा नरहेको जानकारी दिए।