images
images
images

काठमाण्डौंदेखि तनहुँ आएर अंगुरखेती: पहिलो बर्षमा रु।अठ्ठार लाखको उत्पादन

images

तनहुँ,तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा सुरु गरेको पहिलो बर्षमै रु।अठ्ठार लाख मूल्यको अंगुर उत्पादन भएको छ ।
काठमाण्डौं घर भएका कुमार कार्कीले तनहुँमा आएर अंगुर उत्पादन गरी जिल्लाबासीलाई चकित तुल्याउन सफल भएका छन् । गतबर्ष ७० रोपनी जग्गा खरीद गरेर व्यवसायीक अंगुर खेती गर्नुभएका कार्कीले पहिलो बर्षमा राम्रो उत्पादन गरी यहाँका कृषकहरुलाई उत्प्रेरणा जगाउने कार्य गरेका छन् ।
सुरुमा रु।एक करोड ५० लाख लगानी गरेको ‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’का फार्म सञ्चालक कुमार कार्कीले जानकारी दिए ।
नौ हजार किलोग्राम अंगुर उत्पादन भएको छ,उनले भने,बजारको ‘मूल्य अनुरुप प्रतिकिलो रु।दुई सयका दरले उक्त मूल्यको अंगुर उत्पादन भएको हो ।’
उक्त क्षेत्रमा करिब ९ हजार ५ सय बिरुवा रोपिएको उनले बताए । कम्पनीले वार्षिक १० हजार किलो अंगुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक नजिक पुग्न सफल भएको उनले बताए ।
तनहुँमा उत्पादन भएका सबै अंगुरबाट वाइन उत्पादन गर्नका लागि धादिङमा पठाइएको छ,उनले भने,‘कम्पनीले ७५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ ।’
धादिङको थाक्रे गाउँपालिका–१० जुङे खोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा तीस हजार बिरुवा लगाएर व्यवसायीक अंगुरखेती गरीे वाइन उत्पादन गर्दै आएको छ ।
कम्पनीले धादिङमा रु।३८ करोड ५० लाखको लागतमा अंगुरखेती र वाइन उत्पादन गर्दै आएको हो । वाइन बजारमा प्रतिबोतल रु।१ हजार २ सयमा बिक्री गरिरहेको छ ।
‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ, उनले भने,‘यसले पनि अंगुरखेतीलाई प्रोत्साहन गरेको छ ।’
बर्षामा एक पटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख,गोडमेल,काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउने लगायतका कार्य गर्ने गरिएको छ ।
फार्ममा विभिन्न ३२ प्रजातिका अंगुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताए ।
कार्कीको फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायतका जातका अंगुर रहेको छ ।
अंगुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताइन् ।
फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ । फार्ममा दैनिक ज्यालादारीमा आवश्यकता अनुरुप स्थानीय मानिसले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् ।
धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्ष अन्तर्गत १२ वटा फार्ममा पर्न सफल भई रु।५५ लाख अनुदान समेत प्राप्त गरिसकेको संचालक कार्कीले सुनाए ।
घिरिङको माटोमा अंगुर उत्पादन राम्रो हुने भएपछि किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताए ।
यस क्षेत्रको हावापानी र माटो अंगुरखेतीका लागि उपयुक्त मानिएकाले कृषकलाई यसतर्फ आर्कर्षित गराउन लागिएको सो गाउँपालिकाले जनाएको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS