काठमाडौँ। त्रिशुलीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। काठमाडौँबाट म्याग्दीको सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका– २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए।
मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घाइतेमध्ये पाँच जनालाई काठमाडौँ पठाइएको छ।
घटनाबारे विस्तृत विवरण आउँदै छ।















