दमौली
म्याग्दे गाउँपालिका–१ स्थित महेन्द्र माविले स्कुल बस सञ्चालनमा ल्याएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बसको चावी विद्यालयका प्रअलाई हस्तान्तरण गरे । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर थापा, वडा अध्यक्ष मणिभद्र वाग्ले लगायत जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
बस खरिद गर्न म्याग्दे गाउँपालिकाले ४० प्रतिशत रकम अनुदान प्रदान गरेको थियो भने बाँकी ६० प्रतिशत रकम विद्यालयले पुर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट संकलन गरेको विद्यालयका प्रअ सोमबहादुर थापाले बताए । बस सन्चालनमा आएपछि विद्यार्थीहरुले सुविधा पुगेको छ ।















