दमौली १ भदौ
सधैं घरको चुल्हो चौकामा मात्रै सिमित बन्नु हुदैन भन्ने मान्यतालाई तोड्दै तनहुँका महिलाहरु सामाजिक परिवर्तनका क्रियाकलापमा सक्रिय बन्दै आएका छन् । पुरुष सरह महिलाले पनि काम गर्न सक्छन् भन्ने गतिलो सन्देश दिन सफल भएका छन् र उदाहरणी बनेका छन् । पुरानो रुढीबादी पराम्परालाई समेत चुनौति दिदै शव बोक्ने र दाहसंस्कार कार्यमा खटिदै यहाँका महिलाहरु आएका छन् । व्यास नगरपालिका– ५ चापाघाटमा महिलाहरूद्वारा सन्चालित वेदव्यास जेष्ठ नागरिक आश्रम बिगत १० बर्षदेखि संचालन हुदै आएको छ । उक्त आश्रममा बस्दै आउनुएका ९२ बर्षिय टोलबहादुर थापाको निधन भएपछि महिलाहरूले शब बोकेर डमौली घाटसम्म पुराएका हुन् । जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ६ स्थायी घर भएका थापाको निधन भएको आश्रमकी कार्यबाहक अध्यक्ष सकुन्तला आलेले जानकारी दिइन् ।
पितृसत्तात्मक सोचको अन्त्य गर्न महिलाहरु जागरुक बनेर यस क्षेत्रमा लाग्दै आएको उनले बताइन् । जिवित हुँदा पालनपोषण गरी मृत्यु पश्चात गरिने दाहसंस्कारमा छोराछोरी बराबरी हुन भन्ने समाजमा सकारात्मक सन्देश दिन महिलाहरू सक्रिय भएर लाग्दै आएका छन् ।
बेसहारा बुबाआमालाई राम्रोसँग स्याहारसुसार गरि पालन पोषण गरी महिलाहरूले सामाजिक क्षेत्रमा सेवामूलक काम गर्दै आएका आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिइन् । विसं २०७० सालदेखि सुरु भएको अ ज्ञभ्रममा हालसम्म ८ जनाको मृत्यु भैसकेको बताइएको छ । उक्त आश्रममा अहिले तीन सय तीस महिलाहरू आबद्ध भएका छन् ।