images
images

बन्दिपुरको आँपखोलामा पहिरो जादा घुमाउने–दमौली जोड्ने बुद्धसिंह राजमार्ग ५ दिनदेखि अवरुद्ध

images

बन्दिपुरको आँपखोलामा पहिरो जादा घुमाउने–दमौली जोड्ने बुद्धसिंह राजमार्ग ५ दिनदेखि अवरुद्ध

तनहुँ । गन्डकी प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको तनहुँको दमौली र चितवनको घुमाउने जोड्ने बुद्धसिंह मार्ग पहिरोको कारण पाँच दिनदेखी अबरुद्ध रहेको छ । गत साउन २६ गते राती उक्त सडकको बन्दिपुर गाउँपालिका–६ आँपखोलामा पहिरो खस्दा त्यस यता उक्त सडकमा यातयात बिच्छेद भएको हो ।

पहिरोले ठुला ठुला ढुङ्गाहरु सडकमा खसेपछि पुर्णरुपमा यातायात अवरुद्ध भएको छ । ठुलो पानी परेर खहरे खोलाहरु उर्लिदा केही घन्टा यातयात अबरुद्ध हुने उक्त सडकमा यसपटकको पहिरोले पुर्णरुपमा यातयात अबरुद्ध भएको देवघाट गाउँपालिकाका बासिन्दा हर्कबहादुर थापाले बताए ।

पहिरोको कारण मानिस हिड्न समेत नसिकने भएकोमा स्थानीय बासिन्दाहरुको प्रयासमा पैदल हिड्न सक्ने बनाईएको थापाले बताए । स्थानीय बासिन्दाको प्रयासले उक्त पहिरो हटाउन सम्भव नहुने र ठुला मेसिनहरुको प्रयोग गर्नु पर्ने थापाले बताए ।

अहिले सो पहिरो छिचोलेर कुनै पनि सवारी साधन सदरमुकाम दमौली र घुमाउने तर्फ जान सक्दैनन् । यातयात अबरुद्ध हुँदा बिरामी, बालबालिका र जेष्ठ नागरिकहरु मर्कामा परेको थापाले बताए । पहिरो खसेको स्थानसम्म दमौलीबाट सवारी साधनमा खाद्यान्न लगायत अन्य अत्यावश्यक सामाग्री लगिएपनि त्यस उता भने बोकाएर लैजानु पर्ने बाध्यता रहेको थापाले बताए । त्यस भेगका नागरिक ठुलो विरामी परेमा पर्ने समस्या भने कसैले पनि अनुमान नगरेको थापाले बताए ।

उक्त सडक हुँदै बन्दिपुर, देवघाट र आवुँखैरेनी गाउँपालिका केही वडाका हजारौं नागरिकहरु दैनिक आवत जावत गर्ने गर्छन् । पहिरोको कारण उनीहरुको यातयात सम्बन्ध पुर्णरुपमा विच्छेद भएको छ । यातयात अबरुद्ध हुँदा त्यस क्षेत्रको जनजिवन कष्टकर भएको थापाले बताए ।

गन्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दुरीको बैकल्पिक सडकको रुपमा उक्त सडकलाई लिने गरिएको छ । गन्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखी व्यास नपा–१३ को सोँढेसम्म १० कि।मि। कालोपत्रेको काम गरिरहेको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारयणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधिन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्न पश्चात बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सन्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारयणगढ जानुभन्दा करिब २६ किलोमिटर छोटो पर्छ ।

उक्त सडक गन्डकी प्रदेश मातहत रहेपनि सडकको पहिरो पन्छाउने जिम्मेबारी आफ्नो कार्यालयको नभएको पुर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेले बताए । प्रदेश सरकारले अहिले १० किमि सडक कालोपत्रे गरिरहेको हुँदा त्यही १० कि।मि। भित्र हुने अवरोध हटाउने जिम्मेबारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भुमिका नहुने घिमिरेले बताए ।

उक्त सडकको पहिरो हटाउने जिम्मेबारी सम्बन्धित स्थानीय तहको हुने भन्दै उनले स्थानीय तहले पहिरो हटाउन सकिएन भनेर लिखित निबेदन दिएमा प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयसँग बजेट माग गरेर मात्र सडकको अवरोध हटाउन सकिने घिमिरेले बताए ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पहिरोले बुद्धसिंह मार्ग अबरुद्ध भएको बारेमा आफुलाई अहिलेसम्म कुनै जानकारी नभएको भन्दै उक्त पहिरो हटाउन गाउँपालिकाले पहल गर्ने बताए । अध्यक्ष थापाले विहिबारबाट नै पहिरो पन्छाउन डोजर पठाउने प्रतिबद्धता जनाए । लोकवाणी दैनिकबाट

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS