तनहुँ
जिल्लाको सदरमुकाम स्थित दमौली अस्पतालमा सर्पको टोकाई पछि उपचारमा आउने बिरामीको संख्या बढ्न थालेको
छ । आर्थिक बर्ष ०७९÷८० मा सत्र वटा सर्पको टोकाईबाट घाइते भएका बिरामीको उपचार गरिएको सो अस्पतालले जनाएको छ । चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ६ जनालाई सर्पले टोकेर उपचार गरेका छन् ।
सर्पको टोकाईबाट रगतको कोशिका र दिमागको स्नायुलाई असर गर्ने दुई वटा भेनम हुने गरेको अस्पतालका प्रमुख डा।परिवर्तन बरालले जानकारी दिए ।
मानिसको दिमागको स्नायुलाई असर गरेको अवस्थामा मात्रै एन्ट्री स्नेक भेनम दिइन्छ उनले भने, ‘पहाडमा बिषालु सर्प नगण्य मात्रामा पाइने गरेको छ ।’
सर्पको टोकाईबाट बिरामी भएकामध्ये करिब ६०÷७० प्रतिशत बिरामी अस्पतालमा निको बनाएर घर पठाउने गरेको उनले बताए ।
सर्पको टोकाईले अधिकाँश रगत पातलो गरिदिने भएकाले रगतको मात्रा धेरै पातलो भएको अवस्थामा रगत जम्ने तत्व चढाइदिएर उपचार गर्ने गरिएको उनले बताए ।
दिमागको स्नायुलाई असर गरेको अवस्थामा मात्रै एन्ट्री स्नेक भेनम दिइन्छ । उनले भने,‘एन्ट्री स्नेक भेनम अस्पतालमा राख्ने अनुमति नहुँदा भेनम दिइनुपर्ने अवस्थाका बिरामी आएको अवस्थामा पोखरा र चितवन पठाउने गरिएको छ ।’
पोखरा एकेडेमी हेल्थ साइन्सले मात्रै एन्ट्री स्नेक भेनम राख्न पाउँछ । एन्ट्री स्नेक भेनमको शुल्क पनि महँगो पर्ने भएकाले जहाँतही पाउन नसकिने उनले बताए ।
पहाडको तुलनामा तराईमा बिषालु सर्प हुने भएकाले सरकारले तराई क्षेत्रमा एन्ट्री स्नेक भेनम राख्न प्राथामिकता दिएको हो,उनले भने ।