दमौली
नेपाल क्रिकेट संघ ९क्यान० तनहूँको अध्यक्षमा मदन तिमल्सेना सर्वसम्मत चयन भएका छन् । तनहूँको बन्दिपुरमा भएको संघको निर्वाचनबाट अध्यक्ष पदमा तिमल्सेना सर्वसम्मत चयन भएका हुन् ।
त्यसैगरि संघको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा अमित कैनी, कोषाध्यक्षमा मनोजकुमार सुवर्णकार चयन भएका छन् ।
त्यसैगरी संस्थाको सदस्यहरुमा ताराराम श्रेष्ठ, सुदिप शर्मा, सुमनराज नहर्की, नरेश के।सी। , मोहनराज गुरुगं र अतिशकुमार खड्का चयन भएका छन् ।
पछिल्लो समय क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहुँमा पनि क्रिकेट खेलको राम्रो वातावरण बनाउन प्रयास गर्ने नवनिर्वाचित अध्यक्ष तिमल्सेनाले बताए । निर्माणाधिन क्रिकेट मैदानहरु पूरा गर्ने लक्ष्यतिर अगाडि बढ्न आफ्नो समितिले सक्रिय भएर काम गर्ने चयन भएका पदाधिकारीहरुले बताएका थिए ।