images
images
images

अाँबुख‌ैरेनी गाँउपालिकामा अध्यक्षसँग कृषि कार्यक्रम सुरु, २० हजार सयपत्रीका विरुवा राेपियाे

images

अाँबुख‌ैरेनी

तनहुँकाे आँबुखैरनी गाँउपालिकाले वडा नं. १ मा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा राेप्ने अभियान सुरु भएकाे छ ।
” अध्यक्ष संग कृषि विकास कार्यक्रम ” अन्तर्गत अामा समुह मार्फत अभियान संचालन गरिएकाे पालिकाकाका अध्यक्ष शुक्र चुमानले बताए । अामा समुहलालाई उत्पादनमूलक समुहमा परिणत गर्ने अभियान अन्तरगत अामा समुह मार्फत ब्यवसायीक फुल खेतीसुरु गरिएकाे अध्यक्ष चुमानले बताए ।


पहिलाे चरणमा अभियान अन्तरगत वडा नं. १ मा रहेका आधिमुल आमा समूह ८ हजार ४०० विरुवा र यान्चोक आमा समूहमा १२हजार विरुवालाई १७ रोपनी क्षेत्रफलमा सयपत्री फुलको विरुवा वितरण गरिएको गाँउपालिकाले जनाएकाे छ ।

पुष्प व्यवसायबाट कृषकहरुको आयआर्जन गर्न साथै बिदेशबाट हुदै आएको पुष्प आयतलाई प्रतिस्थापन गरी गाँउपािलकालाई पुष्पमा आत्मिनभर बनाउन यो कार्यक्रम को लक्ष्य रहेको चुमानले बताए । पालिकाका अध्यक्ष चुमानकाे अगुवाइमा शुक्रबार देखी विरुवा राेप्न थालिएकाे हाे । अभियानमा उपाध्यक्ष दुर्गा अर्याल,लगायतको सहभागीता थियाे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS