images
images
images

देवघाटमा बन क्षेत्र धेरै

images

देवघाट,

देवघाट गाउँपालिकाले भुमीको बर्गिकरण सम्पन्न गरेको छ । गाउँपालिकाले १० वटा क्षेत्रमा भुमीको बर्गिकरण गरेको हो । भु उपयोगन ऐन २०७६ र नियमावली २०७९ बमोजिम १० वटा क्षेत्रमा भुमीको बर्गिकरण गरिएको गाउँपालिकाका उपाध्यक्ष भुवन गुरुङले बताए ।

बर्गिकरणको तथ्यांक अनुसार देवघाटमा सबैभन्दा धेरै वन क्षेत्र रहेको छ । देवघाटमा ८७७६।३९ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ । यो कुल क्षेत्रफलको ५५।०४ प्रतिशत हो । त्यसपछि कृषि क्षेत्र ६२०८।६३ हेक्टर रहेको छ । अर्थात कुल क्षेत्रफलको ३८।९४ प्रतिशत कृषि क्षेत्र रहेको छ । त्यसपछि नदी ताल तथा सिमसार क्षेत्र ५७६।१५ हेक्टर रहेको छ । उक्त क्षेत्र ३।६१ प्रतिशत रहेको छ ।

यस्तै आवासीय क्षेत्र २४१।२८ हेक्टर, सार्वजानिक उपयोग क्षेत्र ८९।९३ हेक्टर, व्यवसायीक क्षेत्र ४३।६९ हेक्टर, सांस्कृतिक क्षेत्र ५।२ हेक्टर, औद्योगिक क्षेत्र २।५९ हेक्टर र सबैभन्दा कम खानी तथा खनिज क्षेत्र १।।२ हेक्टर क्षेत्रफल रहेको उपाध्यक्ष गुरुङले बताए ।

देवघाट गाउँपालिकाले गत आर्थिक वर्षमा भुमीहिन तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन कार्य र चारवटा वडामा जग्गाको नापजाँच कार्य पनि पुरा गरेको छ । गुरुङका अनुसार देवघाट गाउँपालिकाभर भुमिहिन दलितको संख्या ४७, भुमिहिन सुकुम्बासीको संख्या १२४ र अव्यवस्थित बसोबासीको संख्या २४६३ रहेको छ । गाउँपालिकाको वडा नम्बर १ बाहेक अन्य वडामा जग्गाको नापजाँच पुरा भईसकेको छ ।

जस अनुसार वडा नम्बर १ मा भुमिहिन दलितको संख्या २०, भुमिहिन सुकुम्बासीको संख्या २० र अव्यवस्थित बसोबासीको संख्या ४५० रहेको छ । त्यस्तै वडा नम्बर २ मा भुमिहिन दलितको संख्या ५, भुमिहिन सुकुम्बासीको संख्या २७ र अव्यवस्थित बसोबासीको संख्या १७६ रहेको छ । त्यस्तै वडा नम्बर ३ मा भुमिहिन दलितको संख्या २०, भुमिहिन सुकुम्बासीको संख्या ४ र अव्यवस्थित बसोबासीको संख्या ८६ रहेको छ ।

त्यस्तै वडा नम्बर ४ मा भुमिहिन दलितको संख्या १, भुमिहिन सुकुम्बासीको संख्या १३ र अव्यवस्थित बसोबासीको संख्या १२० रहेको छ । यसैगरि वडा नम्बर ५ मा भुमिहिन दलितको संख्या २१, भुमिहिन सुकुम्बासीको संख्या ६० र अव्यवस्थित बसोबासीको संख्या १६३१ रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS