images
images
images

बझाङको घटनामा दोषीलाई कारवाही गर्न तनहुँका दलितको माग

images

तनहुँ

बझाङको वित्थडचिर गाउँपालिका वडा नम्बर ७ स्याल ढुंगाका दलित समुदायका पुड्के ओखेडाको घर भत्काउनेहरुको पहिचान गरी कारवाही प्रकृया अघि बढाउनु पर्ने माग गर्दै दलित संघमा आवद्ध तनहुँका दलितहरुले आन्दोलनको तयारी गरेका छन् ।
दलित संघ तनहुँको आयोजनामा सोमबार दमौलीमा भएको बृहत बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसक्दा समेत दलित माथिको छुवाछुत र अभद्र व्यवहार गरिने क्रम नरोकिएको भन्दै सहभागी नेताहरुले आन्दोलनमा जानुको विकल्प नभएको जनाएका हुन् । ‘छुवाछुत मुक्त राष्ट्र भनिए पनि समाजबाट अझै पनि छुवाछुत र जातिय विभेद हट्न सकेको छैन,’ नेपाली कांग्रेस क्षेत्रीय सभापति समेत रहनुभएका दलित नेता स्याम मौरतीले भने, ‘छुवाछुत जन्यव्यहार साँच्चै समाजको कलंकहो भन्ने कुरा अन्य समुदायका मानिसहरुले बुझ्न आवश्यक छ ।
कानुनलाई हातमा लिएर घर भत्काउने अधिकार कुनैपनि समुदायलाई नभएकोले घर भत्काउनेहरुको पहिचान गरी कारवाही गर्नुपर्नेमा नेतामौरतीले जोड दिए । दलितहरु माथि भएको ज्यादतीको विरोधमा सचेत समुदाय प्रतिकारमा उत्रनुपर्ने जिल्ला समन्वय समिति तनहुँका निवर्तमान जिल्ला सदस्य केशबहादुर सुनारले बताए । बैठकमा व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारले सत्य तथ्य बुझी मुलुकभरैबाट शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताईन् ।
नेपाली कांग्रेस जिल्ला सदस्य मिनबहादुर चदारो, नेपाल बार एशोसिएसन तनहुँका पुर्व अध्यक्ष अमृत नेपाली, संयुक्त दलित उत्थान मञ्चका बरिष्ठ उपाध्यक्ष विश्वबुढा परियार लगायतले अझै पनि जातिय आधारमा छुवाछुत र विभेद हुनु समाजकै कलंक भएको बताएका थिए । नेपाल दलित संघ तनहुँका अध्यक्ष रामकृष्ण विकले विभिन्न नाममा दलित माथि हुने विभेदको विरुद्ध शान्तिपूर्ण रुपमा विभिन्न कार्यक्रम आवश्यक रहेको बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS