images
images
images

रास्वपा व्यास–१ तनहुँको सभापतिमा जिसी

images

तनहुँ
राष्टिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–१ को सभापतिमा कोमल बहादुर जिसी सर्वसम्वत चयन भएका छन् । सभापति पदका लागि चार जना उम्मेदवार मध्ये अन्तिम चरणमा जिसी र अर्जुन रानाभाट बीचको सहमतिमा जिसी सर्वसम्वत रुपमा सभापति पदमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा बिष्णु मल्ल,सचिवमा शैलेस हड्खले,सदस्यमा अर्जुन रानाभाट,राजकुमार श्रेष्ठ,सिद्ध बहादुर चन्द सर्वसम्वत चयन भएका छन् ।अन्य पाँच जना सदस्य पछि थप गर्ने निर्णय भएको रास्वपा तनहुँका सहसंयोजक सूर्यमणि पौडेलले जानकारी दिए ।

कार्यक्रममा क्षेत्रीय प्रतिनिधी राजु दाहाल,जिल्ला संयोजक विकास सिग्देल,सहसंयोजक सूर्यमणि पौडेल,रास्वपा जिल्ला नेता चूडामणि दाहाल,सूर्य केसी लगायतका पदाधिकारीहरुको सहभागितामा चयन भएका पदाधिकारीहरुले शथप ग्रहण लिएका हुन् ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS