images
images
images

व्यासमा २१ सय गाईभैसीलाई लगाईयो लम्पी स्किन विरुद्ध खोप

images

असार
तनहँुको व्यास नगरपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार १ सय गाईभैसीमाखोप लगाएको छ । पछिल्लो समय जिल्लाभर गाई भैसीमा लम्पी स्किनबाट संक्रमित हुन थालेपछि नगरपालिकाले संक्रमण भएको ठाँउहरुमा गई खोप लगाउन सुरु गरेको छ । ३ हजार खोपखरिद गरेकोमा २ हजार १ सय खोप लगाईसकेको र लगाउने कार्य जारी रहेको नगरपालिकाको पशुपंक्षीविकास उपशाखाकापशु विकास अधिकृत डा.मनोज विश्वकर्माले जानकारी दिए ।

उनले भने, “ संक्रमण देखिएको ठाँउ र आसपासमा  कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौं,अहिले संक्रमण फैलन धेरै कमभईसकेको छ । ” पशुमा पूर्ण खोप कार्यक्रम अन्तर्गत नगरपालिकाको वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको उनले बताए । उनले भने, “यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।”

उनले गाईभैंसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागिपालिकाले निःशुल्कखोप लगाइदिने गरेको बताए । उनले दिएको जानकारी अनुसार अहिले सम्म ९० वटा गाईभैसीमा संक्रमण देखिएको थियो भने ६ वटा गाईभैसीको मुत्यु भएको छ । उक्त रोगबाट धेरै जसो व्यास १ चारकुने, व्यास १३ बेलबास, पोखरीभञ्याङ,व्यास ११ फराकचौर रव्यास ७मागाईभैसी संक्रमितभएको पशु विकास अधिकृत विश्वकर्र्माकाले बताए ।

लम्पी रोगकाकारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भएतापनिउच्चज्वरो आउँदाउपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ ।
गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्ना जस्ता किराको सङ्ख्या बढी हुने तथाथप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने उनले बताए । उनका अनुसार यो रोग देखिए पछि दूध उत्पादन मा गिरावट आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS