तनहुँ
गण्डकी , प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिकाको स्रोत, सिप को प्रवर्द्धन तथा उद्यमीशलता सृजना गरने नीति अन्तर्गत गाउँपालिकाद्वारा वाडा न २ मार्किचोक स्थित निर्माणधिन औद्योगिक ग्रामको अनुगमन गरिएको छ । गाँउपालकाको अध्यक्ष शुक्र चुमान,उपाध्यक्ष दुर्गा आर्याल,प्रमुख प्रशासकीय अधिकृत विष्णु शर्मा,उनिकउका टिम लिडर बिरेन्द्र पराजुली लगायतको सहभागिता रहेको थियो ।
अनुगमनको क्रममा नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा आबुखैरेनी गाउँपालिका पहिलो हुने र बजेटको सहि सदुपयोग हुने बिश्वास राखेको उनिकउका टिम लिडर बिरेन्द्र पराजुलीले बताए। हाल सम्पन्न भएको काम पनि अरु पालिकाको तुलनामा राम्रो रहेको अनुगमनको क्रममा पराजुलीले बताए।

आँबुखैरेनी गाउँपालिकाले स्थानीय स्रोत, सिप को प्रवर्द्धन तथा उद्यमीशलता सृजना गरि बासजन्य सामाग्री वाट सोफा टेवल र फलाम जन्य सामाग्रीबाट कृषिका सरल यन्त्रहरु बनाइ ब्राण्डिङ र बजारीकरणको लक्ष्य राखेको पालिका अध्यक्ष शुक्र चुमानले बताए । हाल सम्म दुइ वटा ट्रस्ट भवन निर्माणको अन्तिम चरणमा रहेको छ भने पालिकाबाट बासजन्य सामाग्री वाट सोफा टेवल लगायतको फर्निचर बनाउने तालिम ३५ जनाले प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।















