images
images
images

तनहुँको म्याग्दे गाँउपालिकामा लम्पि स्किन रोग विरुद्ध पुर्ण खोप

images

तनहुँ । म्याग्दे गाँउपालिकामा गाई भैसीमा देखा परेको लम्पि स्क्रिन रोग विरुद्ध पशुमा पुर्ण खोप कार्यक्रम शुरु गरेको छ । लम्कि खोपको विरुद्धमा गाई भैसीलाई पुर्ण खोप लगाउन भेटरीनरी प्राविधिकहरुलाई नै हरेक वडामा खटाईएको पशु चिकित्सक डा।विनय शाहले वताए ।

लम्पि स्क्रिन एक प्रकारको भाईरस ९पक्स समुहको काप्रीपक्स भाईरस० वाट गाईभैसीमा लाग्ने रोग हो । जुन भैसीमा भन्दा गाईहरुमा वढि हुने गर्दछ । शुरुमा अफ्रिकामा देखिएको यो रोग २०१२ पछि मध्य पुर्व, दक्षिण पुर्वी युरोप, रसिया, काजकिस्तान हुदै वंगलादेश र भारत हुदै नेपालमा पनि देखा परेको हो ।
गाईभैसीले कचेरा निकाल्ने, सिगान वग्ने तथा फिज आउने, घाँटी, पछाडीको खुटटा, पेट र थुन वरिपरी गिर्खाहरु देखिने, उच्च ज्वरो १०४ भन्दा माथी आउने, दुध उत्पादन घट्ने, गर्भ तुहिने तथा वाँझोपन देखिने लक्षणहरु देखिने पशु चिकित्सक डा। विनय शाहले वताए ।

प्रत्येक वडामा खोपकर्ता खटाईएकोमा अस्मिता विक म्याग्दे १ मा, पुर्ण कुमार श्रेष्ठ म्याग्दे ३ मा, राजकुमार श्रेष्ठ वडा नं २ मा , अनिता शाही म्याग्दे ३ मा, सुजन श्रेष्ठ म्याग्दे ४ मा, विनोद थापा मगर वडा नं ६ मा, शन्तुकला थापा र केशरी थापा वडा नं ३ मा विवेक थापा मगर वडा नं ५ मा खटाईएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाले वताए । पशुमा पुर्ण खोप लगाएपछि लम्पि स्क्रिन रोग नियन्त्रण गर्न सकिने पालिकाले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS