images
images

को हुन् डा. वाग्ले ? किन बढ्दैछ उनको क्रेज ?

images

तनहुँ
विश्वमै चर्चित व्यक्तित्व डा.स्वर्णिम वाग्ले यतिबेला चुनाबि मैदानमा छन् । अर्थबिद् डा. वाग्ले तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टिको ‘घण्टी’ चुनाव चिन्ह लिएर आएका उम्मेदवार हुन् । डा. स्वर्णिम वाग्ले देश भित्र मात्र होइन अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याति प्राप्त व्यक्ति हुन् । देशको लागी चाहिने एक व्यक्ति यतिबेला उपनिर्वाचनको लागि घर दैलो कार्यक्रम गरि आफूलाइ र आफ्नो भिजनलाइ आम मानिस माझ पुर्याउन लागि परिरहेका छन् ।

विस्वले चिनेको अर्थशास्त्रका ज्ञाता तथा स्वच्छ छबि भएका डा. वाग्ले अद्भुत क्षमता भएका व्यक्ति हुन् । डा. वाग्ले २०४६ सालको एस एल सि मा बोर्ड सेकेन्ड भएका थिए भने उनले विश्वबिख्यात लण्डन स्कुल अफ इकोनोमिक्स , हावर्ड विश्व बिधालय अमेरीका एवं अष्ट्रेलियन नेशनल विश्वबिधालय अष्ट्रेलिया बाट उच्च शिक्षा हासिल गरेका व्यक्ति हुन् । उनले सयुक्त राष्ट्र संघ जस्ता विश्वविख्यात सस्थाहरुमा काम गरिसकेका छन् भने राष्ट्रिय योजना आयोगको उपाध्यक्ष , सर्वार्णिङ बिकाश अध्ययन केन्द्रको बर्तमान अध्यक्षका साथै काठमाण्डौ विश्वबिधालयको सिनेटरको रुपमा अनुभबि व्यक्ति हुन् । केहि दिन अघि एक आमसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टि सभापति रबि लामिछानेले पनि यदि डा. वाग्ले अरु कुनै पार्टिबाट उम्मेदवार भएको भए आफूले त्यो क्षेत्र बाट कुनै उम्मेदवार नउठाउने बताएका थिए ।

स्वर्णिम वाग्ले तनहुँमा उम्मेदवार बने पछि उक्त क्षेत्रका मतदातामा आशा पलाएको देखिन्छ । स्वर्णिम वाग्ले जस्तो मान्छे संसद मा चाहिन्छ भनेर स्वतस्फूर्त रुपमा सहयोग गर्ने देखि पार्टि प्रवेश गरेरै साथ दिइरहेका छन् । बाहिर खुलेर नदेखिए पनि भित्र भित्रै भोट हाल्नेको संख्या दिनदिनै बढिरहेको पाइएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS