
तनहुँ
विद्युतीय दुर्घटना न्यूनीकरण तथा पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा र सुन्दर बनाउनेका लागि बन्दिपुर बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्रका किरिव ५ किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँमा कालो प्लास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ ।
तारको व्यवस्थापन गर्ने काम प्राधिकरणको भए पनि गाउँपालिकाले यसमा चासो देखाएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा आफैले नेपाल पाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङसंग भेट गरी निवेदन पेश गरेका थिए । त्यसैका आधारमा स्टेमेट पठाइ जिल्लालाइ तोक लगाइ बन्दिपुरमा काम अगाडी बढेको अध्यक्ष थापाले बताए ।
गाउँपालिका अध्यक्ष थापाले नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका पोलहरू हटाएर राम्रा राम्रो पोलहरू राखी पर्यटकीय क्षेत्र बन्दिपुरलाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइएकोमा प्राधिकरणलाइ धन्यबाद ज्ञापन गरेका छन् ।
घना बस्ती रहेको बजार क्षेत्रमा नाङ्गो तारका कारण पटक पटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसलाई विस्थापन गरी प्लास्टिक जडित ९इन्सुलिटेड केवल० तार प्रयोग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तनहुँका निमित्त प्रमुख इ।जनार्दन पौडलले बताए । पाण्डेका अनुसार नयाँ तारबाट वितरण हुने विद्युत् चुहावटको समस्या समेत धेरै कम हुने र हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटनाको सम्भावना नहुने उनले भनाइ छ ।
प्हिलो चरणमा बन्दिपुर गाउँपालिका वडा नं।२ र ४ को बजार क्षेत्रमा बिस्तार भइरहेको र यसै आर्थिक बर्ष जिल्लाका बजार क्षेत्रमा करिव २० किलोमिटर सेतो नाङ्गो तार विस्थापन गरी इन्सुलिटेड तार तथा करिव ५ सय काठको पोल समेत बिस्थापन गरी फलामको पोल प्रयोग गरिनेछ । पहिले चार वटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लास्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि विद्युतीय दुर्घटना नहुने निमित्त प्रमुख इ।जनार्दन पौडलले बताए ।