images
images

रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा सम्पन्न

images

तनहुँ ।
रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्‍याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्‍याक्ट क्लबको होस्ट र को(होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको छ ।

रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसेपाटिले होस्ट गरेको उक्त कार्यक्रमकोरोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को(होस्ट गरेको रोटर्‍याक्ट क्लब अफदमौलीका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्न उक्त कार्यक्रम गरिएको रोटर्‍याक्ट क्लबअफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्यएवम् काङ्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले रहेका थिए ।
रोटर्‍याक्ट बाटो देखाउने होइन बाटो बनाएर हिँड्न सिकाउने संस्था हो स् साँसद पौडेल

 

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य एवम् काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप प्रदिप पौडेलले रोटर्‍याक्ट बाटो देखाउनेहोइन बाटो बनाएर हिँड्न सिकाउने संस्था भएको बताए ।
सो दोस्रो पिएस मिट र पेट्स सेट्समा रोटर्‍याक्ट क्लबका वर्तमान अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्यसदस्यहरु लाई प्रशिक्षण दिइएको थियो । आगामी वर्षका अध्यक्षलाई डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल, पुर्व डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ सुशिल कुमार कार्कि रआगामी वर्षका डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ रोशन कार्कीले प्रशिक्षण दिएका थिए ।

यस्तै आगामी वर्षका सचिवलाई रोटा वर्ष २०१७-१८ का डिष्ट्रिक सचिव प्रदिप धिताल, डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ नोमिनि क्षत्री रडिष्ट्रिक टेक्निकल अफिसर सुशन धितालले प्रशिक्षण दिएका थिए । त्यस्तैगरी जोनल रोटर्‍याक्ट रिप्रेन्टेटिभहरुलाई डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल र डिष्ट्रिक सचिव दिनेश गैह्रेले प्रशिक्षणदिएका थिए ।
सो कार्यक्रममा होस्ट क्लब रोटर्‍याक्ट दमौलीले विभिन्न मौलिक तथा साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा नेवास् समुदायको लाखे नाच छङ्गेली नेवास् खलबाट, नेवा तजिलजि पुचस् बाट कुमारी नाच र मगर समुदायको कौरा नृत्य भिक्टोरिया डान्सएण्ड एक्टिङ स्कुलबाट प्रस्तुत भएको थियो ।
उक्त कार्यक्रममा देशभरका करिब १८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरुआएको कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए । उनका अनुसार देशभरबाट करिब ७ सयको हाराहारीमा उपस्थिति रहेकोथियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS