
शुक्रबार वडा नं. १ भुँडाटार स्थित ज्योती प्रा.वि का करिव ३० जना बिद्यार्थीहरुलाइ पनि तथा शैक्षिक सामाग्री वितरण गरिने अध्यक्ष पियाले बताए ।
यो कार्यक्रम मेरो गाउँमा आएर गर्न पाउँदा निकै खुसी महसुस भएको छ ।’ आगामी वर्षका अध्यक्षहरुले यस्तै खालका सामाजिक कार्यमा निरन्तर दिनेमा पियाले जोड दिदै यो कार्यक्रममा सहयोग गर्नुहुने सबैलाइ आभार प्रकट गरेका थिए ।
शिक्षामा सवैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न संघ संस्थाहरुको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । उनले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउने जोड दिए ।
बन्दिपुर गाउपालिकाका वडा नं. ५ का अध्यक्ष धु्रव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बन्दिपुर सहयोगी हातहरुका अध्यक्ष मथुरा पिया लगायत सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।